डोटीमा विश्व बजार कमाउने उत्पादन : सिडिओ पौडेल

355

पवन महरा
डोटी
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा विश्व बजारमा निर्यात गर्न सकिने थुप्रै गुणस्तरीय उत्पादनहरु रहेको बताए । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले डोटी उद्योग वाणिज्य संघको सह आयोजनामा आइतबार डोटीको दिपायलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।


विश्व व्यापार संगठनको स्थानीयकरण एवं स्थानीय उत्पादन सम्भावना भएका वस्तु तथा सेवाको पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले डोटी धेरै सम्भावना भएको गड गिफ्टेड जिल्ला भएको बताए । उनले डोटीमा उत्पादीत गुणस्तरिय कृषि उत्पादन, जटिवुटि लगायतका कच्चा पदार्थ विश्व वजारमा निर्यात गर्न सकिने सम्भावना रहेको बताउँदै त्यसको बजारिकरण र उत्पादनमा बृद्धि गर्न व्यवस्थापकिय पक्ष बलियो हुँनु पर्ने बताए ।
‘डोटीमा सम्भावना धेरै छन् तर त्यसको व्यवस्थापन गर्न सकिएको छैन पौडेलले भने,‘आवस्यक रणनीति बनायर अगाडी बढ्ने हो भने डोटी जिल्ला आफैमा आत्मानिर्भर बन्न सक्छ । डोटीमा उत्पादन हुने कच्चा पदार्थ, खाध्यान्न, फलफुल लगायतका कृषि उत्पादनमा लगानी, व्यवस्थापन, पहिचान तथा बजारीकरणको कमी छ । यि कुराहरुलाई व्यवस्थापन गर्न सकियो भने यहाँका उत्पादनले स्थानिय, राष्ट्रिय हुँदै अन्तराष्ट्रिय बजारमा ठाउँ पाउँन सक्छन् ।’
कृषि उतपादनमा डोटीको बडिकेदार तथा बोगटानको अदुवा, बेसार, मह, फलफुल, कागती जोरायलको बासमती, सायलको आलु, सेतीको किनारमा उत्पादन हुने कृषि उत्पादन लगायतका बस्तुको व्यवस्थापन गरी बजारिकरण गर्न सके डोटी आफैमा सम्बृद्ध जिल्ला हुने उनको भनाइ थियो । त्यस्तै जिल्लामा अत्याधिक मात्रामा पाइने अमला जिल्लाको खप्तड क्षेत्र लगायतका अन्य भु–भागमा पाइने वनस्पिति, जटीबुटीकोको पहिचान गरी प्रसोधन गर्न सकिने बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले मन्त्रालयले नीति तथा कार्यक्रम बनाउँनु अघि जिल्ला जिल्लामा छलफल तथा सुझाव संकल गरेर प्राप्त सुझबका आधारमा कार्यक्रम तय गरिए प्रभावकारी तथा उपलब्धिपुर्ण हुँने बताए ।
कार्यक्रममा सहभागीहरुले डोटीमा धेरै मात्रामा कच्चा पदार्थहरु उपलब्ध भएको बताए । डोटीमा भएका खानी, ढुङ्गा, पथ्थर, अल्लो, लोक्ता, रिठा, श्रिखण्ड, बाँस निग्ला लगायत तेल जन्य वनस्पतीको उत्खलन, संकलन, पहिचान तथा बजारीकरण गर्न सकिने सहभागिहरुको भनाई थियो । सहभागीले डोटीमा उत्पादन हुन सक्ने कृषि सामग्री, वनस्पती, काठको उत्पादनमा बढवा मिल्ने कार्यक्रमको आवस्यकता रहेको बताए ।
डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पौडेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पत्रकार, उद्योगी, व्यापारी र जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतीनिधिहरुको सहभागिता रहेको थियो । डोटी उद्योग वाणिज्य संघका महासचिव दिपक खड्काले सञ्चालन गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयलकी शोभा थापाले कार्यक्रमबारे प्रस्तुतिकरण गरेकी थिइन् ।
सहभागीहरुले कृषिमा आधुनिकरण हुनु पर्ने, कच्चा पदार्थलाई स्थानिय स्तर मै ठोस बनाउँन सकिने उद्योग कलकारखाना सञ्चालन गर्नु पर्ने, गुणस्तर चेकजाँच हुनु पर्ने र उत्पादित चिज बस्तु निर्यातका लागि तिनै तहका सरकार संग समन्वय गर्नु पर्ने सुझाब दिएका थिए ।
कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष कलेलले डोटीका उत्पादनलाई निर्यात गर्न, उत्पादन बढाउँन मन्त्रालयले प्राथमिकतामा राख्नु पर्ने बताए । उनले डोटीमा गुणस्तरिय धेरै चिजबस्तु उत्पादन हुने र उत्पादन गर्न सकिने भएकाले मन्त्रालयले जिल्ला लाई प्राथमिकतामा राखी बिशेष योजनाहरु ल्याउँन अनुरोध गरे । जिल्लाका उत्पादनलाई स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार सम्म पु¥याउँन डोटी उद्योग वाणिज्य संघ सम्बन्धित निकाय संग समन्वय सहकार्य र सहयोग गर्न तयार रहेको अध्यक्ष कलेलले बताए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...