क्रियाशिल पत्रकार महिला डोटी शाखाको अध्यक्षमा रावल

879

पवन महरा
डोटी ७ जेठ
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लु जे) डोटीको अध्यक्षमा सुनिता रावल चयन भएकि छिन् । नेपाल पत्रकार महासंघ डोटी शाखाकी उपाध्यक्ष समेत रहेकी रावल लामो समय देखि रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत छिन् ।


मंगलबार दिपायलमा बसेको क्रियाशिल पत्रकारहरुको भेलाले रावलको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको उपाध्यक्षमा रेश्मा कुँवर, सचिवमा सरिता कठायत चयन भएकि छिन् भने कोषध्यक्षमा मालती कठायत चयन भएकि छिन् ।
त्यस्तै सह-सचिवमा निर्मला बम सदस्यहरुमा सिता महता, कुमारी कमला कुवँर, लक्ष्मि रोकाया र लक्ष्मि खड्का चयन भएकि छिन् ।
जिल्लामा रहेका क्रियाशिल महिला पत्रकारहरुलाई संगठीत गरी उनिहरुमा क्षमता विकास तथा पत्रकारिता क्षेत्रमा निखार ल्याउनका लागि डब्लुडब्लु जे गठन गरिएको अध्यक्ष रावलले बताइन् ।

 

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...