विप्लप कार्यकर्ता घरबाटै पक्राउ

257

पवन महरा
डोटी जेठ ४
डोटीमा विप्लप नेतृत्वको नेकपाका एकजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कार्यकर्ता प्रकाश थापा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बडीकेदार गाउँपालिका–४ भमरास्थित घरमै रहेको अवस्थामा उनलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई शनीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिलगढी पु¥याईएको छ ।

पक्राउ परेका विप्लप नेकपाका कार्यकर्ता प्रकाश थापा

उनलाई सोधपुछ र बयानपछि आवश्यक कारबाही चलाईने प्रहरी उपरीक्षक बिद्यानन्द माझीले जानकारी दिए । प्रारम्भिक रुपमा बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयको आगजनीका बिषयमा सोधपुछ गरिने जनाए ।
बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा बैशाख २३ गते राती अज्ञात समुहले आगजनी गरेको थियो । त्यो आगजनीका संलग्नहरु अझै पत्ता लागेको छैनन् । आगजनीमा विप्लप नेतृत्वको नेकपाका कार्यकर्ताहरुको संलग्नता रहेको आशंका गरिएको छ । यद्यपी सो पार्टीले भने अझै घटनाको जिम्मेवारी लिएको छैन् । ‘अहिले भर्खर(शनीबार दिउँसो) ल्याईपु¥याएका छौ,’ प्रहरी उपरीक्षक माझीले भने,‘आगलागी लगायतका अन्य विषयमा सोधपुछ र वयान गर्नेछौ ।’
बडीकेदार गाउँपालिकामा विप्लप नेतृत्वको नेकपाको सक्रियता बढ्दो छ । केही समयअघि मात्रै बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौलीमा राखिएको अस्थायी प्रहरी चौकी हटाउन उर्दी जारी गरेको थियो ।
गाउँपालिका क्षेत्रमा विप्लप कार्यकर्ताको सक्रियता बढीरहँदा स्थानीय जनप्रतिनिधीहरु त्रसित छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...