वे ग्रुपको कमाल : फोहोर नगर्ने प्रतिबद्धता जनाउदै १२ हजार हस्ताक्षर संकलन

171

बिनिता कंडेल भरतपुर माघ ४ । चितवन माहोत्सबमा वे गुरुपले संकलन गरेको हस्ताक्षर अभियानमा १२ हजार हस्ताक्षर संकलन भएको छ । आँफ्नो फाहोर आँफैले ब्यबस्थापन गर्नु पर्ने भन्दै सुरु गरिएको हस्ताक्षर अभियानमा जथाभाबि फोहोर नगर्ने प्रतिबद्धता जनाउदै १२ हजार जनाले हस्ताक्षर गरेको वे गुरुपका संयोजक भोज नारायण कंडेलले बताए ।

विगत साढे दुईवर्षदेखि वातावरण क्षेत्रमा काम गर्दै आएको सरसफाइ अभियान समूह वे गुरुपले महोत्सवमा स्टल नै राखेर वातावरण सरसफाइसम्बन्धी सचेतना कार्यक्रम गरिएको बाबुराम बस्नेतले बताए ।

हस्ताक्षर गरेपछि वातावरण सरसरफाइमा ध्यान पुग्ने हुँदा सो हस्ताक्षर संकलन गरिएको वे गुरुपका अभियानता दीपक गौतमले बताए । कामना विकास बैंक र उद्योग वाणिज्य संघ चितवनको सहकार्यमा महोत्सवको स्टलमै श्रव्यदृश्य सामग्रीसमेत प्रसारण गरेर जनचेतना जगाइरहेको अभियानता अमृता घिमिरेकोे भनाई रहेको छ ।

महोत्सवमा संकलन गरिएको हस्ताक्षर भरतपुर महानगरमा बुझाइने छ । महानगरलाई समेत नगर सरसफाइमा दबाब दिनको लागि पनि हस्ताक्षर महानगरलाई बुझाउने निर्णय भएको अर्का अभियानता बलराम सापकपोटाले बताए ।

महोत्सब स्थलमा स्टलनै राखेर गुरुपले सञ्चालन गरेको हस्ताक्षर अभियान कार्यक्रममा हस्ताक्षर गर्न आउनेहरुलाई गोलाप्रथामार्फत पुरस्कृतसमेत गरिएको अभियानता सबिना कंडेल बताईन् । हस्ताक्षर गर्ने सबैको नाम, सम्पर्क नम्बर र रक्त समूहसमेत टिपोर्ट गरेर राखिएको छ । महोत्सबमा रहेको वे गुरुपलाई सामाजिक संघ संस्था मध्यको उत्कृट अबार्ड पनि पाएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...