सरकारी बिद्यालय बेरोजगारी उत्पादन गर्ने कारखाना बन्दा चिन्ता लाग्छ ः मुख्य मन्त्री पौडेल

162

शिव शर्मा भरतपुर पुस १३ । प्रदेश न ३ का मुख्य मन्त्री डोरमणी पौडेलले सरकारी बिद्यालय बेरोजगारी उत्पादन गर्ने कारखाना जस्तो भएकोमा चिन्ता ब्यक्त गरेका छन् । भरतपुर ६ पारसनगरमा रहेको सहिद स्मृति माबिको धान्याञ्चलमा बोल्दै पौडेलले प्राबिधिक शिक्षाको विकास गर्न प्रदेश सरकार लागेको बताए ।

उनले अबको ४÷५ बर्ष भित्रमा सबै शिक्षालयमा प्राबिधिक शिक्षाको विकास गर्न लागि परेको जनाउ दिए । “अबको शिक्षा प्रविधिमैत्री बनाउनु पर्छ, समयको परिवर्तन संगै पाठ्यक्रम र शिक्षण विधि परिवर्तन गर्नु जरुरि छ ।” , उनले भने, “राज्यको दायित्वमा रहेको शिक्षाको विकासमा नागरिकले भूमिका खेल्नुपर्छ ।” सुखी नेपाली र समृद्द नेपाल बनाउन शिक्षा र स्वास्थ्यको विकास आवस्यक रहेको उनको बुझाई छ । आधारभूत विकासका पूर्वाधारलाइ सवलिकरण नगरेसम्म सरकारले लिएको नारा व्यर्थ हुने उनको भनाइ छ ।

सोहि क्रममा सहिद स्मृति माबिको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्दता जनाए । “महायज्ञबाट प्राप्त रकमले जग्गा खरिद गर्नुहोस, भवन निर्माण, प्राबिधिक शिक्षालयला लागि प्रदेश सरकारले सहयोग गर्छ ।” उनका अनुसार वर्तमान समयमा ७ प्रतिशतले मात्र प्राबिधिक शिक्षा लिने गरेका छन् ।
फरक प्रसङ्गमा मुख्यमन्त्री पौडेलले सबै धर्मलाई सरकारले समान ब्यबहार गर्ने बताए । सनातन धर्मलाइ जगेर्ना गर्न महायज्ञ जस्ता धार्मिक अनुष्ठानको भूमिका महत्वपुर्ण रहेको उनको भनाइ छ । समाजलाइ बिकृति मुक्त बनाउन धर्मलाइ प्रयोग गर्न उनले सुझाब दिए ।

महायज्ञ आगामी १५ गते सम्म चल्ने छ । महायज्ञमा पण्डित बालकृष्ण अर्यालले पारायण तथा कथा बाचन गरिरहेका छन् । नबौ दिन(शुक्रवार) सम्म महायज्ञमा लगभग साढे ४ करोड आर्थिक संकलन भइसकेकोे महायज्ञका प्रवक्ता भगिरथ तिमिल्सेनाले बताए ।

(शुक्रवार) आज भरतपुर महानगर वडा न ६को तर्फबाट १० लाख सहयोग प्राप्त भएको तिमिल्सेनाले जानकारी दिए । मुलकर्ता अमृत तिवारीले २ लाख ५१ हजार, मोति प्रसाद रिजाल १ लाख ७५ हजार, हरिविलास कोइराला र असोक कोइरालाले १ लाख ७५ हजार , भिष्मकान्त कोइराला, दिनेश कोइराला ,महेश कोइराला र प्रभा कोइरालाले १ लाख ५ हजार ५ सय ५५ , कृष्ण कुवर र निर्मला कुवरले १ लाख ३ हजार २ सय २६ दान गरेको तिमिल्सेनाले बताए ।

स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११÷१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना भैरहेको छ । आगामी १५ गते सम्म संचालन हुने महायज्ञमा पण्डित बालकृष्ण अर्यालले कथा वाचन गरिरहेका छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...