डडेलधुरा बस दुर्घटनामा १८ जनाको मृत्यु , १५ जनाकाे उपचार हुँदै

47

डडेलधुरा, मंसिर ६ । डडेलधुरा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १८ पुगेकाे छ। बस उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११, रदुवा खोलामा दुर्घटनामा परेको हो।

उपचारका लागि डडेलधुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पताल ल्याइएकामध्ये थप २ जनाको मृत्यु भएपछि मृतककाे संख्या १८ पुगेकाे डडेलधुराका प्रहरी प्रमुख डिएसपी डम्बरबहादुर केसीले जानकारी दिए। यसअघि १२ जनाकाे घटनास्थलमा र ४ जनाकाे उपचारका क्रममा मृत्यु भएकाे थियाे। हाल उपक्षेत्रीय अस्पतालमा १५ जनाकाे उपचार भइरहेकाे छ।

केसीका अनुसार डोटीको शिखर नगरपालिकाकाे बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको बस से१क २९३ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल रदुवा खोलामा खसेको थियाे।

बसमा ३५ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ। हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा उद्दार कार्य चलिरहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेको संख्या बढी रहेकाले मृतकको संख्या बढ्नसक्ने जनाइएको छ। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरी प्रमुख केसीले बताए। बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको हो।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here