नारायणीले तटबन्ध भत्कायो , गोलाघाट क्षेत्रमा बाढीको खतरा, सचेत रहन प्रशासनको आग्रह ,दुई घरको सामान सारियो 

86

चितवन, भदौं १९ । उच्च पहाडी भेगमा विगत केही दिनदेखि निरन्तरको वर्षा भएसँगै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणी नदी तटका बस्तीहरुलाई सुरक्षित हुन मंगलबार अनुरोध गरेको छ ।

नारायणी नदीको बहाब बढेर  चितवनको गोलाघाटमा नदीले तटबन्ध कटान गरे पछि प्रशासनले सचेत हुन आग्रह गरेको हो । 

चितवनका प्रहरी उपरीक्षक सुशीलसिँह राठौंरले नदीले  कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयले कटान रोक्ने काम गरिरहेको बताए । कटानले गर्दा सो क्षेत्रको सडक नै भत्किएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालबाट पे्रषित सूचनामा भरतपुर महानगरपालिका वडा नं २८ का साविक मेघौली १, २ र ३ का सालबास, सिसाबास पर्साबजार, लौखरी, गोलाघाट र अनौली आसपासका बस्तीहरुमा बाढी पस्ने सम्भावना देखिएकाले सुरक्षित रहन अनुरोध गरिएको छ । भदौ तेस्रो साता पनि नारायणी नदीको बहाब बढिरहेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष गोविन्द तामाङले झण्डै चार करोडमा निर्माण भएको नदी किनारको तटबन्धन पूरै भत्किएको बताए । उनले बस्तीमा पानी नपसोस् भनेर स्थानीयबासीको सक्रियतामा सबै निरन्तर लागिरहेको बताए ।    

कटान रोक्न ठूलो संङख्यामा नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख शुसिल सिंह राठौरले जानकारी दिए । नदि छेउमै रहेका दुई घरको सामान सारिएको छ भने स्थानियलाई सचेत बन्न जिल्ला प्रशासन कार्यालय चितवनले सूचना नै जारी गरेको छ । गतबर्ष पनि नारायणी नदीले सो क्षेत्रमा कटान गरेको थियो । यसवर्ष तटबन्धन गरिएपनि फेरी कटान भएपछि गोलाघाट क्षेत्रका स्थानीय त्रसित बनेका छन् । नारायणी अनलाइनमा समाचार छ । फोटो : नारायणी अनलाइन

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here