देउसी भैलो तथा संस्कृतिक कार्यक्रमबाट उठेको रकम अनाथ बालबालिकालाई

131

एनपिएल न्यूज
कार्तिक ११

सुदूर पश्चिम युवा समाजले दीपावलीका अबसरमा आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमबाट उठेको रकम अनाथ बालबालिकालाई सहयोग गरेको छ ।
सुदूरपश्चिम यूबा समाजको बिशेष सहयोग र बिग परिवेश स्टुडियोको आयोजनामा सुदूरपश्चिमका यूबाहरुले संयूक्त रुपमा राजधानी काठमाण्डौमा दीपावलीका दुई दिन ‘प्रदेश न. ७ विशेष देउसी भैलो तथा संस्कृतिक कार्यक्रम’ आयोजना गरेका थिए । सोही कार्यक्रमबाट उठेको रकम सृजनशिल बाल सेवा आश्रमलाई प्रदान गरिएको हो ।
सो आश्रमले अनाथ र असाहाय बालबालिकालाई आश्रय दिईरहेको छ । सोही आश्रमको निर्माणाधिन भवन निर्माणार्थ सो रकम प्रदान गरिएको सुदूरपश्चिम यूबा समाजका सचिव भक्त राज जोशीले जानकारी दिए ।
सोही आश्रमका सम्पुर्ण अनाथ बालबालिका सहितको रमाइलो पिकनिकसंगै नगद ३४ हजार सात सय रुपैया आश्रमका अध्यक्ष उमा देवी बस्नेतलाई हस्तान्तर गरिएको सचिव जोशीले जनाए ।
उक्त कार्यक्रममा भैली तथा सांस्कृतिक कार्यक्रमका सहभागि सम्पूर्ण सुदूरपश्चिमेली कलाकार तथा यूबाहरुको सहभागिता थियो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...