breaking News: त्रिशूली नदीमा खसेको बसबाट १५ जनाको उद्धार, १ जनाको ज्यान गयो , ४० जना बेपत्ता

80

एनपिएल न्युज धादिङ, कात्तिक ११ :  धादिङको गजुरी नजिकै एउटा यात्रुबस त्रिशूली नदीमा खसेको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४ ६७ नम्बर बस गजुरी नजिकै पोखरी खोला भन्ने ठाउँबाट त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।बसमा सवार १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 नदीमा खस्दा घाइते भएका १५ जनाको उद्धार गरिएको छ । अरु ४० जनाको खोजी भैरहेको छ । गाडीको टिकट ५५ जनाले काटेकाले ४० जना हराइरहेको प्रहरीको अनुमान छ । तर बसमा कति जना यात्रु थिए भन्ने यकिन भइ नसकेको प्रहरीको भनाई छ ।

घाइते १३ जनाको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने दुई जनालाई काठमाण्डूको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ । अहिले उद्धार र खोजीको काम भैरहेको पनि प्रहरीले जनाएको छ ।

Loading...