बिर्तामोडमा अनिश्चितकालीन कर्फ्युको आदेश, प्रहरीको गोलीद्वारा दुई ब्यक्तिको मृत्यु

95

एनपिएल न्यूज – कार्तिक १०, बिर्तामोड : गत आश्विन १४ गते हत्या गरिएको एक ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा विहानैबाट प्रदर्शन सुरु भएको थियो ।

स्थानीय नियन्त्रण बाहिर जान लागेको भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगायो । तर, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी चौकीमा तोडफोड तथा अगजनी गरेको प्रहरीले बताएको छ ।

स्थानीय अनियन्त्रित भएपछि बाध्य भएर गोली चलाउनु परेको विर्तामोडका डीएसपीले बताए । प्रहरीले चलाएको गोली लागेर दुई जना व्यक्तिहरुको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

प्रदर्शनकारीहरुको आक्रमणबाट सशस्त्र प्रहरीका एसपी समेत घाइते भएका छन् । ‘प्रहरी चौकीमा आगो लागेको छ । केही सवारी साधन पनि जलाएका छन् ।

Loading...