बिर्तामोड तनावग्रस्त, प्रहरीको गोलीबाट एकको मृत्यु

74

एनपिएल न्युज १० कात्तिक, झापा :  बालकको मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै निकालिएको र्यालीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का नरेश थापा छन् । विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको समूहमाथि प्रहरीको गोली चलाएको थियो । प्रहरीले १४ राउण्ड गोली चलाएको थियो । गोली लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।           अहिलेे सो ठाउमा कर्फ्यु लगाइएको छ ।

Loading...