डोटीमा बस दुर्घटना, तिन जनाको मृत्यू र घाईते सँख्या २१ पुग्यो

47

केशबचन्द्र महरा – डोटी कार्तिक २ : डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा यात्रुबहाक बस दुर्घटना हुँदा तिनजनाको घटनास्थलमै मृत्यू भएको छ । बसमा सवार अन्य २१ जना घाईते भएका छन् । घाईते १८ जना मध्य ४ जनाको अबस्था चिन्ता जनक रहेको छ । मृत्यू हुनेमा बड्डीकेदार गाउँपालिका– ४ भुजालीका ४५ बर्षिय जगदिश चन्द, बड्डीकेदार गाउँपालिका– ४ रोलकी ३५ बर्षिय मिना पुन मगर, बड्डीकेदार गाउँपालिका– ४ पुन्ताराकी साढे तिन बर्षिय बालीका पुष्पा जेठारा रहेको घटनास्थलमा रहेका प्रहरी निरिक्षक रण बहादुर बिष्टले जानकारी दिए ।

बर्छेनबाट धनगढी तर्फ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस बिहिबार बिहान ९ः ४५ बजेतिर दुर्घटना भएको हो । साधुरो कच्चि सडकमा तिब्र गतिमा रहेको बस अनियन्त्रीतभई सडकबाट दुईसय मिटर तल खसेको प्रहरीको अनुमान छ । बस चालक प्रकास सिहं भने फरार छन् ।

उद्धार कार्य जारी रहेकाले घाइतेहरुको परिचय खुल्न सकेकोे छैन् । घाईते भएका २१ जनालाई उपचारका लागि धनगढी पठाईएको छ ।

यस अघि मंगलबार (असोज ३१ गते ) भिमदत्त राजमार्ग अन्तर्गत डोटीकै जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुबहाक बस एकआपसमा ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यू भएको थियो भने अन्य २४ जना घाईते भएका थिए ।

Loading...