काठमाडौंबाट नेपालगञ्ज हिँडेको बस नवलपरासीमा दुर्घटना, २८ घाइते

94

एनपिएल न्युज असोज २८ नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहानसवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । 
काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना ५ ख ३९६४ नंको बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक आफैं अनियन्त्रित भएर सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको थियो । इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...