अर्घाखाँचीको सापडाँडामा बस दुर्घटनामा दुईको मृत्यु, १० जनाको अवस्था गम्भीर

42

एनपिएल न्युज अर्घाखाँची, २० असोज, : अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा आज बिहान बस दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी टंक खनालले बताउनुभयो । घाइतेहरुको उद्दार कार्य जारी रहेको र उनीहरुको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।
मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी– २ सापडाँडामा सडकदेखि १०० मिटर तल खसेपछि दुर्घटना भएको हो । रासस

Loading...