दिपायलबाट हाम्रो राजधानी खोसियो भने कतै बन्चरो आउन सक्छ सडकमा खुकुरी आउन सक्छ ।

223
लेखक परिचय : पवन महरा डोटी (पवन महरा एनपिएल ग्रुप मिडिया प्रालिका प्रधान सम्पादक हुनुहुन्छ । )

कलम आय पछि सडकमा हुरी आउन सक्छ
बुढा बा–आमालाई पनि चुरीफुरी आउन सक्छ ।

दिपायलबाट हाम्रो राजधानी खोसियो भने कतै
बन्चरो आउन सक्छ सडकमा खुकुरी आउन सक्छ ।

पाएको खाएको अधिकार माथी धावा बोलीयो भने
ऐ सरकार तेरै नाममा भोली उजुरी आउन सक्छ ।

भुल गरेर कहिले ईतिहाँस मेच्ने कोशिस नगर्नु
छुट्टै राज्य बनाउनु पर्ने मजबुरी आउन सक्छ ।

यो माटोको प्रेम डोटेली नसामा यसरि चलेको छ की
शहिद बन्न सडकमा बबुरो दगुरी–दगुरी आउन सक्छ । ।

Loading...