हाम्रो पनि कमजोरी हो देश बनाउने राज नेता छान्नै सकिएन

129
लेखक परिचय : निलकण्ठ सुवेदी (हाल अमेरिका )

गजल
**********************
जुट्छन् र फुट्छन् सत्ताकै लागि सॉठगॉठ जान्नै सकिएन
काम गरे पो पत्याउनु प्रवचन मात्रै मिठो हुन्छ मान्नै सकिएन
वचन र प्रतिबध्दता जाहेर गरेको धेरै भयो पुरा गरेनन्
काम नगर्नेलाई सजाय दिनु पर्ने हो सत्ताबाट तान्नै सकिएन
जब चुनाव आउँछ दल परिवर्तनको दौडधुप हुन्छ नेताहरूमा
जनताको समस्या समाधन गर्लान् भन्ने कुरा ठान्नै सकिएन
कतिन्जेल पर्खने अब हजारौंले सहादत गरे नेपालीका लागि
महँगी धेरै छ किनेर खानै गाह्रो भयो खर्चले धान्नै सकिएन
धन कमाउने मोहले कुर्सी लुछाचुँडी गरिरहे ठुलाबडाहरू
हाम्रो पनि कमजोरी हो देश बनाउने राज नेता छान्नै सकिएन

Loading...