छोडी गयौ निष्ठुरी भै ऑसु पिई बसेको छु , एउटा फोटो थियो तिम्रो त्यही लिई बसेको छु ।

99
लेखक परिचय : निलकण्ठ सुबेदी अमेरिका

गजल
*****
छोडी गयौ निष्ठुरी भै ऑसु पिई बसेको छु
एउटा फोटो थियो तिम्रो त्यही लिई बसेको छु ।

बाॅच्नै प-यो जीवन मैले पीडा भित्र सधैंभरि
धुजैधुजा भयो मन त्यसलाई सिई बसेको छु ।

न त सकें त्यो पल भुल्न न त साथमा रमाउन
विक्षिप्त भै यो संसारमा मुटु खिई बसेको छु ।

हार्नेहरू चोट खान्छन् जित्नेहरू रमाउँछन्
अर्द्धचेतन जस्तो भई मैले जिई बसेको छु ।

चोटहरू दियौ मलाई सहेकै छु हार मानी
भित्रैदेखि सबै खुशी बली दिई बसेको छु ।।

Loading...