ज्योतिषकहॉ पठाई देउ हेर्न जान्छन् तिम्रा बा !

99
लेखक परिचय : निलकन्ठ सुबेदि (अमेरिका )

गजल
*****
आमालाई भन्न लागाऊ कुरा खान्छन् तिम्रा बा
ज्योतिषकहॉ पठाई देउ हेर्न जान्छन् तिम्रा बा ।

दाइजो पनि माग्या छैन छोरी मलाई दिनु भनें
उल्झनमा पारी कुरा अन्तै लान्छन् तिम्रा बा ।

एक्काइसौं शताब्दीमा रूढीबादी कुरा गर्छन्
गाउँघरमा आफुलाई ठुलै ठान्छन् तिम्रा बा ।

वारको पार गर्ने बेला अलमल गर्छन सधैंभरी
लगन आउँछ वर्षै पिच्छे केटो छान्छन् तिम्रा बा ।

यस्तो गहिरो प्रेममा पनि सहमतिमा नआए पछि
मन्दिर गई विबाह गरौं बल्ल मान्छन् तिम्रा बा ।।

Loading...