मनमोहन जोशी स्मृति पुरस्कार प्रकाश चापागाईंलाई

51

मङ्सिर ०१, भरतपुर। साहित्य सङ्गम चितवनले आज एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यकार प्रकाश चापागाईंलाई मदनमोहन जोशी स्मृति पुरस्कार २०७५ बाट सम्मान एवं पुरस्कृत गरेको छ। सप्तगण्डकी बहुमुखी क्याम्पसमा आयोजना भएको कार्यक्रममा सङ्गमले नगद रु. १०,११०। (दश हजार एक सय दश) बाट चापागाईंलाई पुरस्कृत एवं सम्मानित गरेको हो।  

सम्मानित व्यक्तिको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै समीक्षक डा. होमनाथ सापकोटाले कवि चापागाईं छन्द कविता लेखनमा देशभरमै औँलामा गन्न सकिने व्यक्तिभित्र पर्ने बताउनुभयो। सापकोटाले चापागाईंका रचनामा विद्रोह, व्यङ्ग्य चेतना, समाज सुधारको अपेक्षा पाइने बताउनुभयो। स्वर्गीय मदनमोहन जोशी र पुरस्कारका बारेमा समीक्षक द्वय इन्द्र रेग्मी र रामहरि श्रेष्ठले जानकारी दिनुभएको थियो।  

कार्यक्रममा बालकवि गरिमा जोशी, नारायणप्रसाद पोख्रेलले कविता वाचन गर्नुभएको थियो भने पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साइँलो, प्राध्यापक धर्म थापा, विद्या जोशीलगायतले पुरस्कृत व्यक्तित्व चापागाईंलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

राजेन्द्र घायलले सञ्चालन गर्नुभएको कार्यक्रम सङ्गमका अध्यक्ष द्वारिका नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here