ओमनमा रहेका नेपालीका लागि दूतावासले ल्यायो मोबाइल एप ‘नेपालीज इन ओमन’

51

युएई – ओमनमा रहेका नेपालीलाई प्रभावकारी रुपमा जानकारी र सूचना पुर्याउन नेपाली दुतावासले मोबाइल एप सार्वजनिक गरेकाे छ । नेपाली दूतावास ओमनले ‘नेपालीज इन ओमन’ नामको मोबाइल एप्लिकेसन शुक्रबारबाट प्रयोगमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच राजदूत शर्मिला ढकाल पराजुलीले एप सार्वजनिक गर्नुभयो ।

एपमा ओमनको भौगोलिक अवस्था, सरकारी निकायहरुको जानकारी , श्रम कानुन, संस्कृति, ट्राफिक नियम तथा आपतकालिन अवस्थामा सम्पर्क गर्न सकिने निकायहरुका बारेमा जानकारी रहेको राजदूत शर्मिला पराजुली ढकालले बताउनुभयो ।

नेपालबाट पहिलो पटक ओमन आउन लागेकालाई पनि यो एप उपयोगी हुने दूतावासको विश्वास छ । एपमा आवश्यक जानकारी थप्दै जाने पनि दूतावासले जनाएको छ ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here