ओठ,मुख र जिब्रोमा खटिरा आयो ? तपाई चिन्ता नलिनुहोस् यस्ता छन् घरेलु उपाय

भक्तपुर– तपाईको मुखमा स–साना बिबिरा आएर निकै सताएको छ ? के तपाँईको मुख भित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना (कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएको छ ? यस्ता घाउ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान खानै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ ।
यदि  यस समस्याबाट छुटकारा पाउनका निम्ती निम्न उपायहरु ऋपनाउनु होला ः–
 हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
 हल्का उम्रेको गेडागुडी बिहान र बेलुका खाने
 पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
 निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
 पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
 मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने
साथै यस्ता यस्तै घरेलु उपाए बाट मुक्तहुन सकिन्छ