तातो तेलले पोलिएकी बालिकाको सिएमसी द्धारा निशुल्क उपचार, पैसा अभाव हल्ला मात्र

75

चितवन माघ ०७ । तातो तेल पोखिएर घाईते भएकी बालिकाको भरतपुर स्थित चितवन मेडिकल कलेजले निशुल्क उपचार गरिरहेको छ । माघे संंक्रान्तिमा शरिरमा तातो तेल पोखिएर घाईते भएकी २२ महिनाकी सिम्रन पौडेलको उपचार सुरुवात देखी नै निशुल्क गरेको हो । 

गैडाकोटमा डेरा गरी बस्दै आएका सिम्रनका बुवा कृष्ण पौडेल र आमा विष्णुमाया पौडेलको आर्थिक अवस्था कमजोर भएपछि अस्पतालले उपचार निशुल्क गरेको हो । सिम्रनको उपचारका लागी अस्पतालमा भएका सम्पूर्ण सेवामा छुट गरेको छ । बालिकाको उपचारका लागी औषधी बाहेकको सबै सेवा निशुल्क गराउन चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक डा हरिश्चन्द्र न्यौपानेले निर्देशन दिएका थिए । सोही अनुसार औषधी बाहेकका सबै सेवामा छुट गरिएको छ । उपचारका लागी अहिलेसम्म ६ हजार मात्रै खर्च भएको बताईएको छ । तर उपचारमा खर्च अभाव भनि आएको समाचारमा अस्पतालले ध्यानाकर्षण जनाएको छ । विगतमा आर्थिक विपन्नता भएका विरामीको निशुल्क उपचार गरेर सामाजिक उत्तरदायीत्व वहन गरेको अस्पतालको भनाई छ ।

चितवनमा सिएमसीमा मात्रै रहेको वर्न सेन्टरमा राखेर प्लाष्टिक सर्जन डा. बुद्धिनाथ अधिकारीको टोलीले उपचार गरिरहेको छ । अस्पतालका अनुसार चिकित्सकको उपचार पद्धती र नर्शको सेवाबाट विरामीको अवस्थामा दिनहुँ सुधार भईरहेको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...