सहिद स्मृतिको धान्याञ्चलको पुर्व सन्ध्यामा बृहत रक्तदान ! 

36

शिव शर्मा भरतपुर मङ्सिर २८ । सहिद स्मृति मावी पारसनगरको बृहत धन–धान्याञ्चलको पुर्व सन्ध्यामा बृहत रक्तदान भएको छ । आज नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखा,आकृति पाठक स्मृति प्रतिष्ठान,लायन्स क्लब अफ बिस हजारी केसरवाग,अन्नपुर्ण दुग्ध उत्पादक सहकारी सस्था र सामुदायिक सिकाइ केन्द्र एबम पर्यटन सूचना केन्द्रको सहयोजनामा भएको सो रक्तदानमा ५३ जनाले रक्तदान गरेका छन् । 

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपानेले चितवनमा धेरै रगत खपत हुने हुनाले रगतको अभाब सृजना भैरहेको बताए । उनले भरतपुरमा रहेको केन्द्रिय रक्तसंचार केन्द्रले विभिन्न दर्जन बढी जिल्लामा गएर रगत संकलन गर्दा समेत पनि रगतको माग अनुसारको पूर्ति गर्न हम्मेहम्मे पर्ने गरेको जानकारी दिए ।  पछिल्लो समय युवाहरुमा लागु औषध सेवन र ब्लड प्रेसर, सुगरका बिरामी बढ्ने गरेकोले रगत संकलनमा समस्या देखा परेको उनको भनाइ छ ।  

भरतपुर–पारसनगरमा रहेको सहिद स्मृतिले आफ्नो गौरवमय स्वर्ण महोत्सबको अबसरमा संचालन गर्ने महायज्ञको पुर्व तयारी स्वरुप रक्रदान भएको महायज्ञका प्रवक्ता भगिरथ तिमिल्सेनाले बताए ।

सोहि अबसरमा महायज्ञमा तन, मन, बचन र धनले सहयोग गरि बिद्यालयको शैक्षिक श्रीबृद्दिको सारथी बन्न शिक्षा प्रेमी धर्मानुरागीमा महायज्ञ मूल समारोह समिति संयोजक बिष्णु प्रसाद तिवारी र बिद्यालयका प्रधानाध्यापक दिपेश पौडेलले आग्रह गरे । 

स्वर्ण महोत्सबको अबसरमा आफ्ना भावि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११÷१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लगिएको छ । ४ करोड ५० लाख आर्थिक संकलनको लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न ४० लाख लागत लाग्ने अनुमान छ ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here