पाठेघरको मुखको क्यान्सरको निशुल्क परिक्षणबाट भरतपुर ६ देवनगरका महिला लाभान्वित

43

भरतपुर मङ्सिर २२ । देवनगरमा महिलाहरुले पाठेघरको मुखको क्यान्सरको निशुल्क परिक्षणबाट लाभ लिएका छन् । जेसिज सप्ताह अन्र्तगत तेस्रो दिन गीतानगर जेसिजको आयोजनामा आज (शनिवार) भएको निशुल्क पाठेघरको मुखको क्यान्सरको जाचं सिविरमा महिलाले आफ्नो पाठेघरको मुखको क्यान्सरको जाचं गराएका हुन् । देवज्योती आधारभूत बिद्यालयमा भएको सो सिविरबाट आफ्नो स्वास्थ्य जाच गराउने अवसर पाएपछि महिलाहरु खुसि थिए । नेपाल परिवार नियोजन सघं चितवन शाखाको प्राविधिक सहयोग र सह– आयोजनामा भएको कार्यक्रममा ४४ जना महिलाले स्वास्थ्य परिक्षण गराए । समय समयमा महिला लक्षित यस्ता स्वास्थ्य सम्बन्धि कार्यक्रमले समाजमा चेतनाको स्तर समेत बृद्दी हुने एक स्थानीय महिलाले बताइन । उनले गाउ गाउमा महत्वपुर्ण कार्यक्रम ल्याएकोमा गीतानगर जेसिजप्रति आभार ब्यक्त गरिन ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर ६ का वडा सदस्य बाबुराम न्यौपानेले महिलामा हुने लजालु स्वभाबले स्वास्थ्य परिक्षण जस्ता महत्वपुर्ण काममा पछाडी पर्ने गरेको बताए । महिला अब जागरुक भएर आफ्नो अधिकारको उपयोगमा चुक्न नहुने उनको भनाइ छ ।

जेसिज समाजको ऐना भएकाले समाजका हरेक क्रियाकलापमा सहयोगी बन्ने गीतानगर जेसिजका अध्यक्ष नारायण पौडेलले बताए । आगामी दिनमा पनि स्वास्थ्य सम्बन्धि कार्यक्रमको निरन्तरता दिने उनको प्रतिवद्दता छ । कार्यक्रममा नेपाल परिवार नियोजन संघ चितवन शाखा प्रबन्धक रोषन घिमिरे , गीतानगर जेसिजका पुर्व अध्यक्ष गोबिन्द आचार्य लगाएतले बोलेका थिए ।

सप्ताहव्यापी कार्यक्रमको कृष्ण सापकोटाले संयोजन गरेका छन् । भरतपुर ६ का वडा सदस्य बाबुराम न्यौपानेको प्रमुख आतिथ्यता र गीतानगर जेसिजका अध्यक्ष नारायण पौडेलको सभापतित्वमा सम्पन्न भएका कार्यक्रम रोषन सोतीले संचालन गरेका थिए ।

पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)बारे नेपालमा धेरै महिलालाई थाहा नहुन सक्छ । त्यसैले, रोग लागेको तेश्रो वा चौथो स्टेजमा मात्र महिलाहरु पाठेघरको मुखको क्यान्सर सम्बन्धि समस्या लिएर चिकित्सकका पुग्ने गर्छन् । जसका कारण उक्त रोगको उपचार गर्न चिकित्सकलाई निकै कठिन हुने गर्छ ।

जबकी समयमै जानकारी भएको अवस्थामा पाठेघरको मुखको क्यान्सर निको हुन्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ ।

१. २१ देखि ६५ वर्ष उमेर समूहका महिलाका लागि यो जाँच अनिवार्य छ । धेरै जसो महिलालाई ५० को दशकमा क्यान्सरबारे थाहा हुने गर्छ । त्यो भन्दैमा ६५ वर्ष भन्दा माथिका महिलालाई क्यान्सरको जोखिम कम हुन्छ भन्ने हैन । ६५ वर्ष माथिका महिलालाई पनि यसको खतरा बढी हुने गर्छ ।

२. यसको जाँच २१ वर्षदेखि सुरु गर्नुपर्छ र प्रारम्भिक चरणमै सर्भाइकल क्यान्सर पत्ता लगाउनको लागि हरेक तीन वर्षमा यसको जाँच जरुरी छ ।
३. यो जाँच २१ वर्ष भन्दा कम उमेरका मानिसमा त्यति लागु हुदैन । तर यदी तपाई २१ वर्ष भन्दा कम उमेरको हुनुहुन्छ र सेक्सुअल्ली एक्टिभ हुनुहुन्छ भने चाहि यो जाँच तपाइको लागि पनि अनिवार्य ।

४ हरेक पाँच वर्षमा कम्तीमा एक पटक एपीवी र पीएपी टेष्ट गराउन आवश्यक छ । कुनै पनि लक्षण देखा परेमा यो जाँच प्रत्येक वर्ष गर्न आवश्यक छ ।
५. कुनै महिला जसको गर्भासय निकालिएको छ, जसको सर्भाइकल क्यान्सरसित कुनै लनदेन छैन, वा उसलाई सर्भाइकल क्यान्सरको कुनै खतरा छैन, उनीहरुका लागि भने यो जाँच आवश्यक छैन ।

६. सर्भाकल क्यान्सर सम्बन्धि कुनै पनि जाँचका लागि डाक्टर वा नर्स अनिवार्य छ । उनीहरुले पाठेघरको मुनी रहेको सभिक्सको कोषिकालाई लिएर माइक्रोस्कोपीक टेष्ट गरिन्छ । सामान्यतया, सर्भाइकल क्यान्सरका लागि दुई वटा टेष्ट आवश्यक छ , जसमा प्याप स्मेयर टेष्ट तथा लिक्विड वेस्ड साइटोलोजी सामान्य मानिन्छ ।

७. यदी कुनै महिलाले सर्भाइकल क्यान्सर विरुद्धको खोप लगाएको छ भने पनि चिकित्सकको सुझाव पश्चात्त उनीहरुले पनि यसको जाच गराउन आवश्यक छ ।

८. जो मानिस क्यान्सरको जोखिममा छ वा उसको परिवारमा कसैलाई पाठेघरको मुखको क्यान्सर छ भने उनीहरुले पनि बेला बेलामा यो जाँच गराउन आवश्यक छ ।

कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

पाठेघरको मुखमा एचपीभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क शुरु भएपछि यसले असर देखाउन शुरु गर्छ । योनीबाट सेतो पानी बग्ने र चिलाउन थाल्यो भने यसमा शंका गर्नुपर्छ । किनभने सुरुवाती अवस्थामा यस्तै लक्षण देखिन्छ । यो लक्षण देखिनासाथ प्याप स्मेयर परीक्षण गराउनु पर्छ । यो परीक्षणले संक्रमण क्यान्सर हुनु अगाडि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।

कसरी हुन्छ संक्रमण ?

– धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा

– सानै उमेरमा बिवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा

– सानै उमेरमा बच्चा जन्माएमा

– धेरै बच्चा जन्माएमा

– पटक पटक गर्भपतन गराएमा

– धूमपान गरेमा

– लामो समयसम्म -५बर्ष भन्दा बढी) हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा ।

हार्माेनयुक्त परिवार नियोजनका साधन ३,४ बर्षको बीचमा केही समय रोकेर पुन प्रयोग गर्नु राम्रो हुन्छ । हार्माेनले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गर्ने भएकाले बीचबीचमा साधन परिवर्तन गर्नुपर्छ ।

रोग लागेको कसरी थाहा पाउने ?

१. यौन सम्पर्क गर्दा रगत देखिने

२. महिनावारी नभए पनि रगत देखिने

३. सेतो गन्हाउने पानी आउने

४. सानो पेट दुखिरहने

५. ढाड दुख्ने

६. बढी थकाइ लाग्ने

७. लामो समयसम्म खोकी निको नहुने

८. स्वर परिवर्तन हुने

९. दिशा वा पिसाबको तालिका फरक हुने

१०. तौल घट्दै जाने ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here