सहिद स्मृति मावी पारसनगरको महायज्ञको तयारी (फलोअप)

66

भरतपुर मङ्सिर ०९ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले सहिद स्मृति मावी पारसनगरलाइ अत्याबस्यक समयमा प्रयोग हुने औषधी सहयोग गरेको छ ।
सहिद स्मृति मावी भरतपुर ६ पारसनगरले स्वर्ण महोत्सबको अबसरमा आयोजना गर्न लागेको धनधान्याञ्चल महायज्ञमा हुन सक्ने घटनाको निराकरणको पुर्व तयारी स्वरुप औषधी सहयोग प्राप्त भएको रेडक्रस शिक्षक नायक सोम दाहालले बताए ।

त्यस्तै महायज्ञको तयारीलाई अन्तिम रुप दिन आज(आइतवार) अतिथि सत्कार र स्मारिका प्रकासन उपसमितिको बैठक बसेको छ ।

स्वर्ण महोत्सबको अबसरमा आफ्ना भावी सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११र१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको हो । पौष ५ गते देखि १३ गते सम्म संचालन हुने महायज्ञमा श्रीमद्भागवत पारायण तथा कथा बाचन युवा पण्डित बालकृष्ण अर्यालले गर्नु हुनेछ ।

सरकारी बिद्यालयमा कक्षा १० सम्म पूर्ण रुपमा निशुल्क अंग्रेजी माध्यमबाट पठाई हुने यहां आवस्यक भौतिक पूर्वाधारको अभाबमा दैनिक शैक्षिक क्रियाकलाप संचालन गर्न कठिन भएको छ । ४ करोड ५० लाख आर्थिक संकलन गरिने लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न करिब ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here