सेक्स टोयको प्रयोग बढ्यो ,विदेशीएका श्रीमान श्रीमतीदेखि सेलिव्रेटीसम्मले यसरी प्रयोग गर्दैछन् (भिडीयो)

87

पुष १०  -सेक्स भन्ने वित्तिकै नेपालमा मुन्टो बटार्ने र कसैले सुन्ला की झै साउती मार्ने गरिन्छ । युरोपीयन र विकसित देशहरुमा भने सेक्सलाई सामान्इ र खुल्ला प्रयोग गर्न थालिएको छ । यस्तो नेपाली समाजमा सेक्स टोयकै विक्रि अत्यन्त तिब्रतामा बढेको छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्ला तर वास्तविकता हो । 

नेपालका संभ्रान्त बर्गमा यौन संतुष्टिका लागि सुरक्षित तथा भरपर्दो माध्यमको रुपमा सेक्स टोय प्रयोग हुने क्रम बढिरहेको छ । काठमाडौ र पोखरामा केहि बर्षअघि खुलेका सेक्स टोय पसलमा देखिएको भीड तथा जनचासोले नेपालीहरु पनि सेक्स टोय प्रति आकर्षित बन्न थालेको प्रमाणित भएको छ ।

विशेषत श्रीमान तथा श्रीमती विदेशिएका युवा–युवतीहरुको यसतिर आकर्षण बढेको पसलका संचालकहरु बताउंछन् । कतिपय श्रीमानहरुले विदेश जानुअघि श्रीमतीको लागि भनेर सेक्स टोय उपहारस्वरुप दिएर जान्छन् । र प्रयोग गर्ने तरीका समेत सिकाएर जाने गरेको पाईन्छ ।

पोखराको लेकसाइड र काठमाडौको न्यूरोडमा खोलिएका सेक्स टोय पसलमा केहीबर्ष अघिसम्म फाटफुट देखिने युवा–युवती हरुको आजकल चोकचोकमा भीड तथा जिज्ञासाले सेक्स टोयप्रति नेपालीको बढ्दो आकर्षणलाई मज्जाले पुष्टि गरेको छ ।

पुरुषको तुलनामा सेक्स टोय खरिद गर्नेमा महिलाहरु नै बढी हुने गरेको सेक्स टोय पसलका संचालकहरु बताउंछन् । पोखराको सेक्स टोय पसलका संचालक रञ्जन अर्यालले सेक्स टोयको जानकारी लिन आउने र खरिद गर्न आउने ६० प्रतिशत महिलाहरु रहेको बताए । पोखरामा शुरु गरिएको सेक्स टोयको व्यापार सोचेभन्दा बढी फस्टाएको उनी बताउंछन् ।

सेक्सको आनन्द लिनको लागि कुनैपनि भनेजस्तो पुरुष तथा महिला साथी नपाएको अवस्थामा महिला तथा पुरुषले सेक्स टोय मार्फत यौन सन्तुष्टि लिने गर्दछन् ।यसका साथै विदेशमा श्रीमान हुने महिलाहरु अधिकांशले सेक्स टोय सुरक्षित राख्ने गरेको पोखरामा बस्ने बाग्लुङकी जिवन पौडेल बताउछिन ।

पहिलेपहिले यौनप्यास मेट्न जोखिम मोलेरै भएपनि केटा केटाहरुको संगतगरेको बताउने पौडेलले अहिले सेक्स टोयको कारण यस्तो जाखिम बिना नै सन्तुष्टि प्राप्त गरेको बताउछिन ।

Loading...