शिखर नगरपालिका महत्वपूर्ण नीतिहरु

¤ नगरपालिकावाट उपलव्ध गराईने सेवा सुविधालाई व्यवस्थित एवं समयानुकुल संञ्चालन तथा जनताको घरदैलोमा सेवा पु¥याउनको लागि नगरपालिकाको आफ्नै भवन र प्रत्येक वडामा वडा कार्यालयकालागि स्थायी भवन निर्माण गर्न यसै आ.व.देखी रकम विनियोजन गरी भवन निर्माणलाई जोड दिईनेछ ।
¤ सबै प्रकारका सडकहरूको नक्शाङ्कन गरी राष्ट्रिय मापदण्ड अनुसार सडकहरूको क्षेत्र निर्धारण हुनेगरी नगर यातायात गुरुयोजना ( ःत्ःए) निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ ।
¤ यस नगरपालिकाका सम्पुर्ण सडकहरुको स्तरउन्नतीलाई प्राथमिकतामा राखी पूर्व पश्चिम रहेको के.आई.सिंह राजमार्गको विभिन्न ठाउँमा रहेका चोकहरुका उत्तर दक्षिण वाटाहरु जस्तै तल्कोट–धुरकोट, गोपघाट–लाटामाण्डौ, बान्डुङग्रीसैन–उच्चाकोट, पाटीसेरा–मुडेगाउँ, समूहगाड–नापानी लगायतका सडकहरुको स्तरोन्नती गर्दै क्रमशः ढल निकास सहित कालोपत्रे गदै लगिनेछ ।
¤ नगरपालिकालाई योजनावद्ध ढंगले विकास गर्न भु–उपयोग नीति निर्माण गरी कृषी उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र, आवास क्षेत्र , हरियाली क्षेत्र, खुला क्षेत्र, धार्मिक क्षेत्र, वजार क्षेत्र, औद्योगिक क्षेत्र समेतको आवश्यक क्षेत्रहरुको पहिचान गरी विषेश क्षेत्र निर्धारण गर्ने र हरित शहर (न्चभभल ऋष्तथ ) को अवधारणालाई शुरु गराउन पहल गरिनेछ ।
¤ खुलामञ्च , पार्क, मसानघाट, वसपार्क, वनभोज स्थल आदी निर्माणको लागि पहल गरिनेछ ।
¤ स्थानीय सम्भाव्यता, तुलानात्मक लाभ तथा विशेष अवसरहरूको उपयोग गरी कृषक तथा कृषि प्राविधिकहरूको सीप, विकासहरु र उपयुक्त कृषि प्रविधि मार्फत कृषिको व्यवसायीकरण र विविधीकरण, नमुना कार्यक्रम कार्यान्वयन गरी कृषि रोजगारीको सृजना गरिनेछ ।
¤ सम्भाव्यताका आधारमा बाली विशेषका पकेट क्षेत्रहरू निर्धारण गरी एक गाउँ एक उत्पादन कार्यक्रम अनुसार खाद्यान्न, तरकारी, दुग्ध, फलफूल, नगदेवाली, च्याउ, र मौरीपालन जस्ता कृषि कार्यक्रमहरूलाई व्यवसायीकरण गर्न कृषि समूह, कृषि सहकारी र व्यक्तिगत फर्महरूलाई प्रोत्साहन तथा सामाग्रीमा अनुदान दिइनेछ । साथै ट्राउट माछापालनका लागि विभिन्न ठाउहरुको सम्भाब्यता अध्ययन गरि कार्यक्रम अगाडी बढाईनेछ ।
¤ खेतीयोग्य जमिनको माटो परिक्षण कार्यलाई निरन्तरता दिई कृषी व्यवसायलाई प्रवद्र्धन गरिनेछ ।
¤ कृषिलाई आत्म निर्भर वनाउन किरमडे चतरा सिंचाई योजना, डोमगाड सिंचाइ योजना निर्माणका लागि पहल गरिनेछ साथै अन्य साना कुलो, पोखरी निर्माणलाई विषेश जोड दिईने छ ।
¤ नगरका सबै बालवालिकाहरुलाई आधारभूत तथा माध्यमिक तह सम्म अंग्रेजी माध्यमबाट शिक्षा उपलब्ध गराउने विद्यालयहरुलाई प्रोत्साहन गरिनेछ । त्यस्तो बस्तीलाइ पर्यटन प्रर्बधनसंग जोड्ने ।
¤ गुणस्तरिय शिक्षा आजको आवश्यकता भन्ने नारालाई मध्यनजर गर्दै कुनै एउटा विद्यालय छनौट गरी न.पा., स्थानीय जनताको साँझेदारीमा अन्तराष्टिय मापदण्डको नमुना विद्यालय वनाई प्राविधिक शिक्षा लागु गर्न जोड दिईनेछ ।
¤ नगरपालिका क्षेत्रभित्र प्रत्येक वडावासीको पहुँच पुग्ने गरी घुम्ती स्वास्थ्य शिविर मधुमेह, उच्च रक्तचाप, मृगौला, क्यान्सर, मुटु रोग, आङखस्ने समस्या जस्ताहरुको निशुल्क स्वास्थ्य परिक्षण शिविर, एम्वुलेन्स सेवा, १५ शैयाको अस्पताल निमार्णको पहल गर्नुका अतिरिक्त उक्त सेवा सुविधालाई सहज र सरल ढंगले पु¥याउनका लागि निजी तथा संस्थागत साझेदारी सहभागितालाई दिदै यस नगरपालिकालाई पूर्ण सँस्थागत सुत्केरी हुने नगरपालिकाको रुपमा स्थापित गरिनेछ ।
¤ नगर क्षेत्रमा स्वास्थ्य वीमा कार्यक्रमलाई वढी प्रभावकारी र आम जनतासम्म पु¥याई उक्त कार्यक्रमवाट अधिक लाभ लिनका लागि पहल गरिनेछ ।
¤ आयुर्वेद औषधालय, प्राकृतिक चिकित्सा लगायत अन्य वैकल्पिक स्वास्थ्य पद्धति, जडिबुटी तथा वन औषधीको सम्भावना पहिचान गरी त्यस्ता जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न पहल गरिनेछ ।
¤ तेलेलेक संरक्षण एवं सम्बर्धन गर्दै संकटापूर्ण अवस्थामा पुगेका जडीबुटी तथा वन, वनस्पतीहरूको संरक्षण, जैविक विविधताका हिसावले महत्वपूर्ण क्षेत्र (द्यष्यमष्खभचकष्तथ जयत क्उयत० को पहिचान तथा संरक्षण, जैविक विविधता लगायत शिखर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना तयार गर्ने कार्य अगाडी बढाईनेछ ।
¤ शिखर नगरपालिका भित्र पर्ने ऐतिहासिक, सांस्कृतिक,धार्मिक, सम्पदाहरूको अध्ययन अनुसन्धान गरी संरक्षण तथा प्रवद्र्धन गर्ने नीति लिइनेछ ।
¤ पर्यटकीय क्षेत्रहरूमा होटल, लज, रिर्सोट खोल्न नीजी–सार्वजनिक साझेदारीमा पर्यटकीय स्थलहरूको प्राकृतिक सौन्दर्यतामा खलल पु¥याउन नदिने र स्वच्छता तथा सरसफाईमा विशेष ध्यान दिन आवश्यक पहल गर्ने नीति लिइनेछ ।
¤ शिखर क्षेत्र, केदारेश्वर, गहनान एवं भागेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीति लिइनेछ साथै यस क्षेत्रलाई राष्ट्रियस्तरको पर्यटकीय क्षेत्र घोषणा गराउन पहल गरिनेछ ।