शिखर नगरपालिका : संभावना र चूनौती

सुमन बलायर

संघीयतामा प्रवेश गरेसँगै देशमा रहेका पुराना संरचनाहरु परिवर्तन भए जसको प्रतिफलको रुपमा डोटीको ठूलो र कान्छो नगरपालिकाका रुपमा शिखर नगरपालिकाको जन्म भयो । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डहरुलाई मध्यनजर गरेर नगरपालिकाको स्थापना गर्ने परिपाटी रहेको छ जुन यस नगरपालिको हकमा पनि लागू गरिएको छ ।
भौगोलिय जटिलता र हावापानीका हिसावले पनि यो नगरपालिका आपैmमा एउटा चूनौती र अवसर दुवै वनेर वसेको छ । विकासको मार्गमा चाँडो फड्को मार्न यस नगरपालिकामा प्रशस्तै अवसर छन । कुनै पनि स्थानले आफ्नो विकासमा ठूलो फडको मार्ने हो भने आफ्नो साधान र स्रोतको भरपूर प्रयोग गर्नुपर्ने हुन्छ । तर सुदूरका अन्य पाहाडी जिल्ला जस्तै यस नगरपालिकामा पनि युवा शक्ति काम र अवसरको खोजीमा विभिन्न मुलुकमा जाने गरेका कारण नगरपालिकामा रहेका जनशक्ति र स्रोतहरुको सही र उपयूक्त प्रयोग हुन सकिरहेको छैन । विभिन्न स्थानमा रहेका खानी, प्राकृतिक स्रोतहरु र अन्य स्रोतहरु उपयोग विहिन भएका छन । नगरपालिका भित्रका विभिन्न वडाहरुमा रहेका युवा जनशक्तिलाई सो वडाहरुमा रहि काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ । त्यसकालागि सवै क्षेत्रमा युवा परिचालन तथा स्वरोजगार तथा रोजगारीको सिर्जना गर्नुपर्ने चुनौती पनि नगरपालिकामा रहेको छ ।
शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्याहरुलाई निराकरण गरेर सर्भसुलभ, युग सुहाँउदो तथा सवैको पहुँचमा शिक्षालाई ल्याउनु पनि आवश्यक देखिएको छ । परिवेश सुहाँउदो शिक्षाले नगरलाई आवश्यक जनशक्ति उत्पादन गर्न सक्छ । कृषिमा निरर्भर रहेका नगरवासीकलागि कृषिमा आधुनिकीकरण तथा यन्त्रीकरण भन्दा पहिला सुलभ वजार पहुँच तथा उचित मूल्य प्रमुख समस्या वनेर वसेको छ सगँसगै सिचाईमा पहुँच पनि समस्या वनेर वसेको छ । कागजमा वनेका योजनालाई लागु गरि यर्थाथमा रुपान्तरित गर्नुपनि आपैmमा एक चूनौती हो किनभने ती योजना कार्यन्वयन गर्न पनि माथि उल्लेख गरेका चूनौतीहरु वाधक वनेर वसेका छन ।
परिवर्तन एकदमै द्रत गतिमा अपेक्षा गर्नुपनि राम्रो होइन तर योजना निर्माण तहदेखि नै कार्यन्वयन गर्न कति सहज र गाह्रो छ भन्ने पाटोको पनि अध्ययन हुनु आवश्यक छ । नत्र योजना कागजमा मात्र सीमित रहन्छन र आमनागरिकमा सधै गुनासो रहने गरेको छ । नगरपालिकाले पनि योजना निर्माण तथा कार्यन्वयन गर्दा यी कुरालाई मध्यनजर गर्नुपर्ने हुन्छ । भनिन्छ जति धेरै चूनौती हुन्छ त्यति नै अवसर पनि रहेको हुन्छ ।
यस नगरपालिकामा रहेका विभिन्न स्थानहरुलाई धार्मिक पर्यटन, ऐतिहासीक पर्यटन लगायत अन्य पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । राजमार्ग छेउमा रहेका स–साना वजारहरुलाई एकिकृत विकास योजनामा गाभेर ठूला वजारमा रुपान्तरित गर्न सकिन्छ । स्थानीय नागरिकद्धारा निमार्ण भएका हस्तकलाका सामाग्रीहरुलाई प्रोस्तसान र वजारीकरण पनि गर्ने अवसर रहेको छ । स्थानीय साना तथा मझौला उधोगलाई उचित स्थानमा हस्तान्तरण गरि औधोगिक विकास गर्न सकिन्छ जसले रोजगारीको अवस्था सृजना गर्न सक्छ । कृषिमा पनि नयाँ अवधारणमा काम गर्ने प्रशस्त अवसर छ जसलाई विभिन्न स्थान अनुसार उत्पादन गर्न प्रेरित गर्नु पर्छ ।
एक पुस्तावाट अर्को पुस्तामा ज्ञान र सीपको हस्तान्तरण गर्ने र उपयोग गर्ने परिपाटी वसाल्न सके नगरपालिकालाई वढी फाइदा हुने देखिन्छ । प्राविधिक शिक्षाको महत्व बुझाई अनउत्पादक जनशक्ति भन्दा उत्पादक जनशक्ति निमार्ण सहयोग गर्छ ।