समृद्ध शिखरको आधार ‘कपज’

पवन महरा                                                                          पवन महरा

मुलुकले समृद्ध नेपाल खुसी नेपालिको सपना बोकेको छ । त्यो सपना साकार पार्न स्थानिय स्तरबाटै पहल हुनुपर्छ । ग्रामिण क्षेत्रको विकास विना मुलुकलाई समृद्ध बनाउँन सकिदैन । समृद्धि तथा विकास बहुपक्षीय प्रक्रिया हो । विद्यमान साधन स्रोतको सही प्रयोगको अर्थ विकासलाई मानव हितसँग सम्बन्धित समग्र विषयको परिवर्तनको रूपमा बुझ्नुपर्छ, जसले मानव जीवनका बहुपक्षको हितको संरक्षण र संवद्र्धन गर्छ ।
नेपालको संविधान २०७२ अनुसार देश संघिय संरचनामा गईसके पछि देशमा संघिय संरचनाको स्वरुप अन्तरगत स्थापना भएको शिखर नगरपालिका नयाँ नगरपालिका हो । नयाँ नगरपालिका भएका कारण पनि नगरपालिका संग थुप्रै चुनौतीहरु छन् । ति चुनौतीहरु विस्तारै चिर्दै गरेको नगरपालिकाले अवका दिनमा जनमुखी कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने देखिन्छ । जिल्लाकै नमुना नगरपालिकाका रुपमा वामेसर्दै गरेको यो नगरपालिकामा चुनौतिका विच थुप्रै अवसर र सम्भावनाहरु पनि छन् । नगरलाई समृद्धि र विकासको मार्गमा लैजान थुप्रै सम्भावनाहरु मध्य तिनवटा पाटोलाई प्राथमिकतामा राखेर रणनीति बनाउँन सकियो भने शिखर नगरपालिका समृद्ध नगरपालिका बन्न सक्छ । समृद्ध नगर बनाउँन कपजलाई एउटा सुत्रका रुपमा प्रयोग गर्न सकिन्छ ।
कपज समृद्ध नगर बनाउँन महत्वपुर्ण भुमिकामा देखिन्छ । लेखमा कृषि, पर्यटन र जलस्रोतलाई जोडेर (कपज) को सिद्धान्त प्रतिबाद गरिएको हो । हरेक स–साना उपलब्धिको समष्टिगतरुप नै दीर्घकालमा पूर्ण विकासको अवस्था बन्न सक्छ तसर्थ दीर्घकालिन दुरदृष्टि राखेर कृषि, पर्यटन र जलस्रोतको प्रवर्धन र प्रयोग गर्न जरुरी देखिन्छ ।
नगरपालिका भित्र थुप्रै अन्नउत्पादन गर्न सकिने भुगोलहरु छन् । अन्न, फलफुल, पशु पञ्छी पालनका लागि उर्वर भु–भागहरु भएको शिखर नगरपालिका पर्यटकिय गन्तव्यका लागि पनि उत्तिकै उपयूक्त ठाउँ हो । नगरको अधिकांश भु–भावमा धार्मिक र पर्यटकिय सम्भावना बोकेका स्थानहरु छन् । नगरभित्र साना तथा मझौला लघु जल विद्युत आयोजनाहरु पनि निर्माण गर्न सकिन्छ । सिंचाइका लागि पर्याप्तमात्रामा पानिका स्रोतहरु पनि छन् । नगरहुँदै बग्ने सेती नदिमा ¥याप्टिङ्गको पनि सम्भावना छ । जसले पर्यटकहरुलाई लोभ्याउँछ । सेती नदिमा जल विद्युतको सम्भावना सबैलाई अवगत नै छ ।

कृषि

भौगोलिक हिसाबले पहाडी भूभागले ढाकेको नगरपालिकामा सेती किनारको समथर भुभाग देखी लेकाली भेक सम्म कृषि तथा पशु पालनका लागि उपयुक्त स्थानहरु छन् । नगरपालिको सेती किनारमा पर्ने समथर भुभागहरु बान्डुग्री सैन, तिलताली, तलकोट देखि कालागाण सम्मको क्षेत्रमा तोरी, धान, गहुँ, मकै तथा तरकारी पर्याप्त मात्रामा उत्पादन गर्न सकिन्छ । नगरपालिका मार्फत पकेट क्षेत्रको अपधारणा बनाई कृषकमुखी योजनाहरु बनाउँन सकियो भने यहाँको उत्पादनले नगरमात्र नभै जिल्ला लाई नै अन्नबाली तथा तरकारी बालीमा आत्मानिर्भन बनाउँन सकिन्छ ।
त्यस्तै पहाडी तथा लेकाली क्षेत्रमा पशुपालनको लागि उपयुक्त छ । त्यहाँ स्थित खोला किनारमा रहेका खेतबारी पनि अन्न उत्पादका लागि निकै सम्भावना बोकेका ठाउँहरु हुन् । चारै तिर पानिका स्रोतहरु भएका ति क्षेत्रमा पनि अन्न विशेष कृषि कार्यक्रम लागु गर्न सकिन्छ । पहाडी क्षेत्रमा फलफुलहरु, कागती अमिला जस्ता विरुवाहरु पनि प्रचुर रुपमा पल्ने गर्दछन् । सडकको पहुँच संगै सहज बजारीकरण र उत्पादन मुलक कार्यक्रमहरु लागु गर्न सके जनताहरु आर्थिक रुपमा बलियो बन्नसक्छन् ।
ठुलो मात्रामा चरन क्षेत्र भएका लेकाली भेकहरु पशुपालनका लागि उपयूक्त छन् । पशु पालनबाट दुध, अण्डा, मासुको बिक्रिबाट धेरै आम्दानी हुन सक्छ । त्यस्ता लेकाली क्षेत्रहरुलाई पशुपालन पकेट क्षेत्रमा रुपान्तरण गर्न सकिन्छ । नगरपालिकाको लेकाली भेकमा स्याउ समेत फलाउँन सकिन्छ । जनताहरुलाई व्यवसायीक कृषिमा लगाउान सकियो भने नगर सृमृद्ध बन्छ । प्राकृतिक तथा भु–बनोटका आधारमा समेत धनी नगरपालिकामा गुणस्तिरिय अर्गानीक मह, अन्न, तरकारीबाली, दुध, अण्डा मासु जस्ता कृषि उत्पादनहरु उत्पादन गर्न सकिने प्रचुर सम्भावना छ । कृषिमा नगरलाई आत्मानिर्भर बनाउँन कृषि पकेट क्षेत्रको अपधारणा लाई तदारुकताका साथ अगाडी बढाए केहि बर्षमै नगर समृद्ध बन्न सक्छ । कृषिमा लगाएको लगानिले ग्रामिण भेगका सबै जनतालाई राहत मिल्न जान्छ ।

पर्यटन

प्राकृतिक तथा भौगोलीक रुपमा आफैमा सुन्दर नगरपालिका पर्यटकको आकर्षकको केन्द्र विन्दु बन्न सक्छ । नगरको तल्लो भागमा बग्ने सेती नदी, नदि छेउमै रहेका समथर फाँटहरु, समथर फाँटको बिचै–बिच राजमार्ग त्यो भन्दा माथी पहाड, पहाडै भरी घनघोर गाउँबस्ति, खोला किनारका समथर खेतबारी अझै माथी जंगल अनी तेले लेक मनमोहक दृश्य पर्यटकका लागि आकर्षणका केन्द्र विन्दु हुन् ।
पुरानो पुस्ताले जीपिकोपार्जनका लागि विताएका गोठाले जिन्दगी, खर्क, जंगल पछि सम्मका लागि इतिहाँस जस्तै बन्छन् । तेले लेकका समथर ठुलठुला फाँटहरु, चिसो मौसम, रमणीय बाताबरण, जंगली जनाबरको चिचेहाट, मनोरम ठाउँ, छेउमै सुसाउँने सल्लेरी अनी खोलाले झनै छट्टै दुनियाको आनन्द दिलाउँछ । माहाभारत पर्वत श्रृंखलामा पर्ने तेलेलेक क्षेत्रभित्र प्राकृतिक तालहरु, हरियाली फाँटहरु, बन्यजन्तु, चराचुरुङ्गी, बहुमुल्य जडिबुटी समेत रहेका छन् । जटिबुटीको हिचान तथा लेकाली भेकमा रहेका खर्कहरुलाई होमस्टेमा परिणत गर्न सकियो भने पर्यटकको आइरो लाग्छ ।
त्यतिमात्रै होइन नगरका विभिन्न ठाउँहरुमा दर्शनीय महत्वपूर्ण स्थानहरु रहेका छन् । तेलेलेकको सबैभन्दा उचाईमा पर्ने धार्मिक शक्ति पिठ लाटा काफली शिखर देवता मुख्य धार्मिक आस्थाका रुपमा मानिन्छ । नगरपालिका पशुपति नाथ, सालमुनी, लाटाबन्थडी, मल्सिमि लगायत अन्य शक्ति पिठ कुले देवताहरुका मन्दिरहरुले सजिसजावट छ । नगरका हरेक बस्तिमा मेला पर्व लाग्ने गर्दछ । हरेक घरमा धार्मिक आस्था छ । धार्मिक आस्थाले मान्छेलाई गलत कार्य गर्नबाट पनि रोकेको छ ।
ऐतिहासिक तथा धार्मिक स्थलले भरिभराउँ यो नगरमा थुप्रै पर्यटकिय स्थलहरु छन् । दानव गुफा, देवल, तेले लेक, सेती नदी, नापानी, पशुपती नाथ, शिखर, रानीवन, भ्यावस्थी जस्था स्थल तथा ठाउँहरु पर्यटकिय गन्तव्यका लागि उपयुक्त स्थानहरु हुन् । नगरभित्र पिकनिक स्पोर्ट तथा पदमार्गको पनि निकै सम्भावना रहेको छ । त्यस्तै यहाँको कला संस्कृती भेषभुसा आफैमा लोभ लाग्दो छ । डेउडा यहाँको मुख्य पहिचान नै हो । होमस्टेका माध्यमबाट ति कला संस्कृतिलाई प्रदर्शन गर्ने हो भने आन्तरीक तथा वाह्य पर्यटकको गन्तव्य वन्न सक्छ । विभिन्न पर्व तथा मेलामा छुट्टाछुट्टै संस्कृति देख्न पाइन्छ । जाँत, चौलो, धमारी, न्याउल्या, चाँचरी, फाग, भुँवा, गौरा जस्ता संस्कृति तथा पर्व यहाँका धरोहर हुन् ।
पर्यटकिय सम्भावनाले भरिपुर्ण नगरक्षेत्रलाई देशकै सुन्दर र नमुना नगरपालिका बनाउँन सकिन्छ । त्यसका लागि नरपालिकाले सुरुवाती कदमहरु चालेको छ जुन स्वागत योग्य कार्य हो । अझै व्यवसायीकरुपमा पर्यटन व्यवसायको सुरुवात गर्न सकियो , निजि तथा अन्य क्षेत्रसंग सहकार्य गर्न सकियो र पर्यटनका लागि नगरले छुट्टै रणनीतिक योजना बनायर अघि पढ्यो भने समृद्ध नगर बन्ने त छदैछ राष्ट्रलाई नै समृद्धी तिर लगेर जान सक्छ ।

जलस्रोत

शिखर नगरपालिकामा पर्याप्त मात्रामा जनस्रोतहरु छन् । नगरमा सिंचाइ, खानेपानि, ¥याप्टिङ्ग तथा विद्युत उत्पादनका लागि समेत पर्याप्त जनस्रोतहरु छन् । कृषि उत्पादनका लागि नगरका सबै क्षेत्रमा नहर पु¥याउँन सकिन्छ । खानेपानिको कम्पनीहरु संचालन गरेर रोजगार सृजनागर्न सकिन्छ । सतेती नदिमा ¥याप्टिङ्ग सञ्चालन गरेर पर्यटक भिœयाउँन सकिन्छ । विदुत उतपादन गर्न सकिन्छ ।
जलस्रोतको सदुपयोगले पनि नगरलाई आर्थिक रुपमा बलियो बनाउँन सकिन्छ । विभिन्न क्षेत्र संगको सहकार्य तथा नगरको रणनीतिले मुलुकलाई नै टेवा पुग्ने कार्यहरु गर्न सकिन्छ ।
नगरपालिकाले थुप्रै चुनौतीहरुका विच कपज लाई आधार ठानी रणनीति बनाई कार्यान्वयन गर्न सके नगर आत्मानिर्भर बन्नेमा ढुक्क हुन सकिन्छ । मुलुक आर्थिक भारको चपेटामा परिरहेका समयमा यस्ता उपयोगी कार्यले मुलुकलाई नै टेवा पु¥याउँछ । जनतामा खुसी, मुलुकमा समृद्धि ल्याउँन नगरसंग थुप्रै सम्भावनाहरु छन् र चुनौती पनि । शिखर नगरपालिका आफैमा थुप्रै सम्भावना बोकेको क्षेत्र हो । सम्भावनाको पहिचान गरी तिनको उपयोग उचित संरक्षण र प्रर्बधन गर्न सकिए नगर आफैमा आत्मानिर्भर बन्न सक्छ ।