पर्यटनलाई प्राथमीकता : नगरप्रमुख जोशी

निडर स्वभावका शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशी पर्यटनलाई प्राथमीकता दिने अभियानमा छन् । शिखरको सिरानीमा रहेको तेलेलेकलाई आफ्नो कार्यकाल भित्र पर्यटकीय गन्तव्यका रुपमा चिनाउन प्रयासरत छन् । ओझेलमा परेको तेलेलेकको प्रचारप्रसार पछि स्थानियबासीको आयस्तरमा बृद्धि हुने उनको योजना छ । नयाँ संरचनामा बनेको स्थानिय तहको नेतृत्व सम्हाल्दै गर्दा कार्यालय ब्यवस्थापनको चुनौतीलाई चिर्दै उनले अहिले कस्ता कामहरु गरिरहेका छन् ? कार्यसम्पादन कस्तो छ । यसबारे एनपिएल न्यूजले गरेको कुराकानीको सम्पादित अंश

  अहिले नगरपालिका के मा ब्यस्तता छ ?

सम्पन्न योजनाहरुको अनुगमन निरिक्षण गर्न ब्यस्त छौं । सतप्रतिशत काम सम्पन्न होस भन्ने तिर लागेका छौं । नगरको दिर्घकालिन बिकासका लागि गुरुयोजना, अद्यावधिक योजना बनाउदैछौं । समुदाय, बुद्धिजीबि, युवा, महिला, बालबालिका, पिछडिएका समुदाय लगायतसंग छलफल गरि आगामी आर्थिक बर्षको बजेट के कस्तो बनाउने भन्नेतिर केन्द्रित छौं ।

 आगामी योजना के छन् ?

योजनाहरु थुप्रै छन्, त्यो असारको अन्तमा बस्ने गाउसभाको बैठकपछि यहाहरुले थाहा पाइहाल्नु हुने छ । कृषि मुख्य प्राथमीकता छ, पर्यटन दोस्रोमा राखेका छौं । अरु नियमीत त छदैछन् ।

अहिले सम्म नगरपालिकाले गरेका राम्रा उपलब्धी सम्झनु पर्दा के के भन्नु हुन्छ ?

 भू–स्वर्ग खप्तड झै सौन्दर्य र महत्व बोकेको तेलेलेक हामीसंग छ । त्यत्रो सम्पदा हुूदा हुूदै पनि त्यसको प्रचारप्रसार भएन , सधै ओझेलमा प¥यो । त्यसको पर्यटन प्रर्बधनमा मैले जोड दिएको छ । त्यहा ठुलो सुख्खा देउताल छ । त्यसमा पानी जम्मा गरेर ताल बनाउन डिपीआर तयार गर्दैछु । त्यो बन्ने बित्तिकै तेलेलेकले धेरैलाई मात दिने मेरो बिश्वास छ । तेलेलेकसम्म जान सडकसंजाल जोड्दैछु । तल्कोट देखि शिखर सम्मको सडकको डिपिआर तयार हुदैछ । सेती नदिको जलयात्रातिर पनि सोची रहेका छौं । गहनान(मानसिह(भागेश्वर क्षेत्रको पनि धार्मीक पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्दैछौं, त्यसको गुरुयोजना बन्दैछ ।
अर्काको घरमा भाडामा बसेको कार्यालयलाई जिल्लााका अन्य स्थानियतह भन्दा चाडै सुबिधासम्पन्न, ब्यवस्थित बनाउन सफल भएको छु । नगरबासीको यातायातको समस्यालाई ध्यान दिएर नगरबस संचालन गरेका छौं । खानेपानीको हाहाकार भएका ठाउमा डिप बोरिङ्ग ग¥यौं । असारभित्र नगरलाई उज्यालो बनाइसक्ने अभियानमा छौं । दुर्गम क्षेत्रमा शहरी स्वास्थ्य केन्द्र चार ठाउमा खोलेका छौं

 ऐन नियम कानुन कति कति बनाउनु भयो ? त्यसको कार्यान्यन पक्ष कस्तो छ ?

बिभिन्न २५ वटा कानुन पास गरिसकेका छौं । सर्भिस डेलीभरी संग सम्बन्धीत कानुनहरु बनाइसकेका छौं । आवश्यक निती निर्देशिता तयार हुदैछन् । बनेका ऐन नियमको पूर्ण पालना गर्छौ । स्थानीय तहमा संसदको पूर्ण अभ्यास गर्ने पनि शिखर नगरपालिका नै हो ।

जनताले प्रत्यक्ष राहत पाउने के योजना ल्याउनु भएको छ ?

पैसा बाड्नु मात्र राहत होइन । स्थानियलाई आत्मनिर्भर बनाउनु, स्वरोजगारतर्फ आर्कषण गर्नु, बिभिन्न योजना तथा कार्यक्रममा बिपन्न परिवारलाई सहुलियत दिनु पनि राहत हो । हामीले त्यो गरेका छौं । स्वरोजगार बनाउने सामुहिक खेती गर्नेलाई प्रोत्साहन दिन खोजीरहेका छौं । टिमुर खेती ५० रोपनी भन्दा गर्नेलाई अनुदानको ब्यवस्थापन गरिरहेका छौं ।

अहिले जतात्यतै भ्रष्टार मौलाएको छ, तपाईको नगरपालिका चोखै छ कि ?
कसरी ?

मैले आफै भ्रष्टाचार गरेको छैन भन्दा तपाई कसरी पत्याउनु हुन्छ ? त्यो जनताले मुल्यांकन गर्ने कुरा हो । प्रमाण ल्याउनुस, कानुनी रुपमा के सजाय भोग्नुपर्छ तयार छु । तर अनुमान र शंकाका आधारमा, बिरोधका नाममा बिरोध गरि ढोल पीट्नेहरुलाई राम राम भन्छु ।

जनतासंगको सम्बन्ध कस्तो छ, कसरी ?

जनताबाट टाढा भएर कहा जानु । मैले जनतासंग तिन चरणमा सम्बन्ध स्थापीत गर्ने गरेको छु । हरेक दिन बिहान मर्निङ्ग वाक गर्दा नया टोलमा पस्ने, बस्ने चिया पीउने गरेको छु । साझ पनि सकेसम्म फुर्सद मिलाएर दुर्गम जनताहरुलाई भेट्छु । बाकी त दैनिक सेवाग्राहीहरुसंग कार्यालय वा कार्यक्रम स्थलमा भेटघाट हुन्छ । त्यो औपचारिक भेटघाट मात्र हुन्न, त्यसमा उहाहरुका सुझाव, सल्लाह र प्रतिकृया पनि बुझ्ने प्रयत्न गछु ।

बिपक्षीहरुका कुरा कम सुन्नुहुन्छ, उहाहरुसंग छलफल गरि अघि बढ्नु हुन्न भन्ने आरोप छ नि ?

सहयोगै नगर्ने पनि छैनन् बिपक्षिहरु तर पनि सल्लाहै दिनसक्ने पनि छैनन् । छलफल गरेन, भनेको कुरा सुनेन भन्दा अचम्म लाग्छ । जिल्लामै पहिलोपटक बिपक्षीहरुसंग बसेर आगामी निती तथा कार्यक्रम तयार पार्ने म, मैले गरेको सिकेर अरु स्थानीय तहले पनि अवलम्बन गरे । बिपक्षीले हारेका वडामा म आफै गएर पनि योजनाहरु के चाहिन्छ भनेर छलफल गरिरहेको छु । केही छुटेको होला, सम्बोधन गर्न नसकिएको होला । तर उहाूहरुका सकरात्मक सुझाव सल्लाह मान्दै मानेन भन्ने कुरा मिथ्या आरोप हुन् । पहिला आफ्नो ऐना हेरे हुन्छ ।