साहसिक राजनैतिज्ञ के आई सिंहको जीवनी

डोटी जिल्लाको डुम्राकोटमा बि.सं.१९६३ बैशाखमा कुँवर नरध्वज शाहीका सुपुत्रका रुपमा जन्मेका डा.के.आई.सिंहको बास्तबिक नाम कुँवर इन्द्रजित शाही थियो । कसैकसैले उनको बास्तबिक नाम इन्द्रध्वज शाही थियो भन्ने गरेको पाइन्छ । उनलाई ८ बर्षको कलिलै उमेरमा डोटेली राजाको हिउदँका महिनाहरुमा बस्ने ठाउँ भारतको लखिमपुर जिल्लाको सिङ्हाईमा लगिएको थियो । सिङ्हाईमै उनले प्राथमिक शिक्षा हासिल गरे भने बलरामपुर, लखनउ, गोन्डा बसेर हाई स्कुलसम्मको शिक्षा आर्जन गरेका थिए । हाई स्कुलको पढाई पछि उनले बि.सं. १९८१ मा ब्रिटिस भारतीय सेनाका हवल्दार पदबाट जागिर शुरुवात् गरे । ४ बर्षमै उनले सेनाको जागिर छोडेर कलकता गई होमियोप्याथी उपचारको अध्ययन गरे । होमियोप्याथीको अध्ययनपछि उनी बर्मा गए । बर्मामा उनले बिरामीको औषधी उपचार सुरु गरे, जसका कारण बर्मा सरकारले उनको कामको प्रशंसा गर्यो । दोस्रो विश्वयुद्ध पछि उनी बर्माबाट भारत फर्के र भारतको नउतनवा गएर औसधालय खोले । त्यस समयमा महामारिको रुपमा फैलिएको मलेरियाको आफ्नो मिहिनेत र परिश्रमले भ्याएसम्म औसधी गर्नुका साथै बिरामीहरुको ज्यान बचाए । भारतको नउतनवा धेरै नेपाली जनताको ओहरदोहर हुने ठाउँ भएकाले उनले नेपाली जनतासँग नजिक हुने अवसर पाउनुका साथै नेपालको इतिहास, राजनीति, अर्थब्याबस्था, राजा, राणासासन र नेपाली जनताको बारेमा धेरै गहिरो अध्ययन मनन गरे । ’दुखी नेपाल’ लेख लेखे ।
डा.के.आई.सिंह नउतनवा बसेकै समयमा नेपाली राजनीतिमा रुचि राख्ने भए र त्यसै समयमा उनी राष्ट्रिय काङ्ग्रेसमा लागे । उनले नउतनवामा भएको एक राजनीतिक सभामा राणा बिरोधी भाषण गरे । जसको हावा नेपालका राणाहरुको कानसम्म पुग्यो । राणाहरुले उनलाई नेपाल प्रवेश गर्न नपाउने वारेन्ट जारिगरे । त्यो वारेन्टको जानकारी पछि उनी झनै मन, बचन र कर्मले राजनीतिमा लागे । बि.सं.२००७ सालमा उनलाई नेपाली काङ्गेसले नेपालको पश्चिम क्षेत्रका गभर्नर बनाएपछि उनले आफ्नै बलबुताले शक्ति बटुलेर हातमा राइफल बोकेर मोर्चाको नेतृत्व गर्दै भैरहवा माथि आक्रमण गरे । त्यसै समयमा दिल्ली सम्झौता भयो । दिल्ली सम्झौता गर्दा उनलाई बेवास्ता गरियो जसको कारण उनी रिसाए र जनताका बास्तबिक प्रतिनीधि उपस्थित नभएर भएको सम्झौता धोका हो भन्दै बिरोध गर्न थाले । दिल्ली सम्झौता भई मंन्त्रीमण्डलको गठन भएपछि डा.के.आई.सिंहले गरेको बिद्रोह बिबरण यस प्रकार छ ः
¨बि.सं.२००७ साल फागुन ८ गते बेलुकी ४ बजेतिर उनले भैरवामा ठुलो आक्रमण गरे । सरकार तर्फका ४ मरे । ५ घाइते भए । डा.के.आई.सिंह तर्फका ९ जना मारिए । ९ जना पक्राउ परे ।
¨बि.सं. २००७ ९ गते बेलुका ९ बजे भारतका एरिया कमान्डर फौजलिई आए र भारत नेपालका फौजले मिलेर डा.के.आई.सिंहलाई उनका ३५७ अनुयायीका साथ पक्राउ गरे ।
¨बि.सं.२००८ असार २७ गते का दिन सरकारद्वार गिरफ्तार गरिएका डा.के.आई.सिंह आफ्ना केही सहचारीका साथ भैरहवा जेलबाट भागे र नेपाली पुलिस र भारतीय पुलिसको संयुक्त प्रयत्नबाट उनको खोजी हुन थाल्यो ।
¨बि.सं.२००८ साउन ६ गते राति २ बजेतिर के.आई.सिंह तर्फबाट बलज्याम गढीतिरबाट तानसेन जान लागिरहेका सरकारी सैन्यको सानो टुकडीमाथि आक्रमण भयो । आक्रमणबाट सरकारी सेनाका ले.भगवान सिंह क्षेत्री गोलिले घाइते भए र के.आई.सिंह तर्फका एक जना संगिनले घाइते भए । सरकारी सैनिक तर्फका गिरफ्तार भएका ९ जनालाई हतियार खोसी ७ गते छोडिए ।
¨बि.संं.२००८ साउन २६ गतेका दिन डा. के.आई.सिंहलाई श्री ५ बाट लेखेको मानको नक्कली चिठ्ठी दिई धोकामा नेपाल सरकारका सैनिकहरुले ठ्याकुरे खोलातिर धोरभुजीमा पक्रे । उनका साथ उनका साथीहरु पनि गिरफ्तार भए । उनीहरुका साथमा हातहतियार फेला परे र जफत गरिए ।
¨बि.सं. २००८भदौ२७ गतेका दिन डा.के.आई.सिंहलाई पाल्पा देखि पहाडको बाटो गरी एउटा कैदीको रुपमा काठमाण्डौं ल्याइयो । र काठमाण्डौंको जेलमा राति पुर्याइयो । जनतालाई यसको कुनै जानकारी दिइन ।
¨बि.सं.२००८ माघ ९ गते बुधबार बिहान डा.के.आई.सिंह नजरबन्दबाट गायब भई उत्ततिरको केरुङ् नाकाको कठिनबाटो पार गर्दै चिनमा रानीतिक शरण लिए ।
¨बि.सं.२०१२ साल भाद्र २६ गते श्री ५ बाट डा.के.आई.सिंहलाई क्षमादान भएको शाही घोषणा भयो । उनी आफ्ना सहकर्मी सहित नेपाल फर्के । राजा महेन्द्रले उनलाई बि.सं.२०१४ साल साउन ११ गते प्रधानमन्त्री बनाए । उनले देशको आर्थिक, सामाजिक तथा सबैपक्षको विकास गर्न खोजेका थिए । आफ्नै प्रधानमन्त्रित्व कालमा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई शिक्षामन्त्री बनाएका थिए । सच्चा देशभक्त नरुचाउने राजा महेन्द्रले बि.सं.२०१४ साल कार्तिक २९ गते उनको मन्त्रीमण्डल बिघटन गर्यो । बि.सं.२०१५ सालमा आमनिर्वाचन गरायो । जुन आमनिर्वाचनमा उनी पराजित भए । तर उनले आफ्नो राजनीति निरन्तर अगाडि बढाइ रहे । बि.सं.२०३९ साल असोज १९ गते जनताको सेवामा समर्पित हुदाहुदै एक निडर, साहसी, परिश्रमी, बुद्दिमान, प्रखर क्रान्तिकारी महान् ब्यक्तिको उपचार गर्ने क्रममा निधन भयो । उनको भौतिक शरीर यस संसारमा नभए पनि हाम्रा माझ भने उनी सदा सदा जीवित रही प्रेरणाका स्रोत बनिरहने छन् ।

२०१२ असोज ८ मा काठमाण्डौंको टुडिखेलमा आमसभा गरेर भाषण गरेका थिए । सो भाषणमा नेपाली राजनितीका थुप्रै रहस्यहरु सार्वजनिक गरेका थिए । डा.के.आई.सिंहले गरेको भाषणको बिबरण –

“राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेको पूर्ब इतिहास बनाउदै त्यसमा रहेका सभापति, उपसभापति लगायत सारा कार्यकारिणी सुवर्ण–महावीरबाट तलब खान्थे । बनारसस्थित तुलसी घाटको कार्यकर्ता सम्मेलनमा महेन्द्र बिक्रम शाहको तलब १५०० बाट ७०० मा ओल्र्यो । त्यस्तै सूर्य प्रसाद जीको तलब पनि घट्यो । सेटेम्बर २२, २५, ३०, १९५० को बैरगनिया सम्मेलनको इतिहास सन्दर्भमा मैले नेपाली जनतामा राजनैतिक चेतना नआएकोले अहिले क्रान्तिको टायम ठिक भएको छैन । हामीले राणाशासन अबश्य खतम गर्नु पर्छ तर जनचेतना नल्याई क्रान्ति गर्दा दुईचार ब्यक्तिको स्वार्थपुर्ति मात्र हुन्छ भनेको थिएँ । राजसत्ता खतम गर्नुपर्छ भन्नेहरुको पनि कडा बिरोध दर्साए । तर सुबर्ण र महाबीरको सयसय रुपियाँ नोट तलब खाने कोइरालाहरुले मेरो कुरा सुनिदिएनन् । श्री मातृका प्रसाद कोइरालालाई डिक्टेटर बनाउँदा वहाँले बिरोध गरी वहाँको आडर नमान्ने प्रतिज्ञा गरेका थिए । खान नपाउने कोइरालाहरुले ठाउँठाँको लुटको पैसा कुम्ल्याएपछि ब्यांकेटस् लगाएर उटँको जस्तो गर्दन बंग्याएर हिड्ने भए । प्रवासी कोषाध्यक्ष श्री सुबर्ण शमशेर र महावीर शमशेरको मनमा देशमा प्रजातन्त्र ल्याउने थिएन, बाफ बैरी साध्नु थियो । स्वार्थपूर्तिका लागि सुरु देखि जम्मा १० लाख रुपियाँ खर्च गरेका थिए तर २००७ कार्तिक १९ गतेमा बिरगन्ज लुटी दश लाखको बदला २० लाख फेला पारे । त्यसपछि उहाँले भैरहवा कमान्डर भई खटिएका गोपाल शमशेर र पछि सम्पूर्ण पश्चिमांचलका कमान्डर महेन्द्र बिक्रम शाहले हतियार सम्मको मद्दत नदिई धोका दिएका थिए । उनीहरुको एक मात्र उद्देश्य उस बखतको भैरहवा अड्डाको ३० लाख नगद रुपियाँ हात लगाउनु थियो । त्यसपछि आफूले दिल्ली सम्झौताको बारेमा गोरखपुरमा बिरोध गर्दै नेपालका श्री ५ को बैबाहिक नायिकत्वमा प्रजातन्त्र कायम हुनु पर्दछ । क्रान्तिमा लड्ने साथीहरुको पनि सल्लाह नलिई विदेशमा आई सम्झौता गर्नु देश र जनतालाई धोका दिनु हो । श्री ५ पनि यस्तो धोकामा पर्नुहोला भनी मैले लेखेको थिएँ । दिल्ली सम्झौतापछि क्रान्ति गरिरहेको बखतमा भैरहवामा सामन्ती अत्या चारी भुवनेश्वर शुक्ललाई किसानले मारेको कुरामा निजको ससुरा गोरखपुरको कलेक्टर चन्द्रमान दुवेले के.आई.सिंह भारत बिरोधी हो भनी नेहरुलाई लेखी संयुक्त कार्बाही गराई भैरहवामा थुनाएको थियो । भैरहवा जेलमा छदा सुरेन्द्र बहादुर बस्न्यातको नेतृत्वमा गएको कमिसनले मेरा साथीहरुलाई अलग अलग राखी पिटी बयान गराएको र मलाई ज्यानमारा ठहर्याई झुन्ड्याउने भन्ने बि.पि.को सड्यन्त्र पत्ता लागेकोले जेल फोरी निक्लेको हुँ । त्यसपछि नेपाली राष्ट्रिय फौजले शान्ति कमिशन पठाई बोलाएर झुक्याउदै कैद गरेर काठमाण्डु ल्याए । काठमाण्डु सिंहदरबारमा एक महिना बन्दी भइसकेपछि २००८ साल माघ ८ गतेको दिन एक्कासी केही रछ्या दलका सैनिकहरुले उठाए र रातभर मैले सारा अड्डा, कोत, मुलुकी खाना कब्जा गरे । श्री ५ कहाँ १ संयुक्त मन्त्रीमण्डल बन्नु पर्दछ तर म चाहि बस्दिनँ भन्ने कुरा लिएर गणेशमान सिंह, टंक प्रसाद आचार्यलाई पठाएको थिएँ । त्यसको केही निकासा नभएकोले कुनै सहारा नदेखी केरुंगको बाटो गरी चिन लागि ३ बर्षको कैदबाद श्री ५ को निगाह र तपाईहरुको प्रयासले माताको सेवा गर्न उपस्थित हुदै छु ।कोइरालाहरुले जुन विश्वास घात गरे, धोका दिए, त्यो अब तपाईहरु बुझ्न सक्नु हुनेछ । हालसालै मन्त्रीमण्डल गठन नभएमा नेपाल कोरिया बन्ने छ भन्ने प्रतिक्रियाबादी र अवसरबादीको प्रपोगण्डा हो । दक्षिणमा हाम्रो मित्र राष्ट्र भारत छ । उत्तरमा कम्युनिष्ट चिन छ जसको हाल हामीसित पंचशिलको आधारमा दौत्यसम्बन्ध स्थापना भएको छ । यी दुबै तर्फबाट हामीलाई कुनै डर छैन । सात समुन्द्र पारिको ब्रिटेनबाट पनि डर छैन ।“ के. आई.सिंहले उक्त भाषणमा विभिन्न रहस्योद्घाटन गर्नुका साथै आफ्नो देश र जनताहरु प्रतिको सेवाभाव प्रकट गरे । 

(साभार : बिभिन्न अनलाइनहरुबाट )