रुढिबादी परम्परालाइ परिमार्जन र परिबर्तन गर्न ढिला भयो : डा. गुरुङ्ग

डा. राजु गुरुङ्ग

नेपाल साच्चै सुन्दर छ । नेपालीको मन पनि उस्तै बिशुद्ध, त्यहि माथी सुन्दर सुदुरपश्चिमेलीको त आहा ! स्वर्ग भ्रम हो भने नेपाल सत्य । यहि सत्यताको अनुपम उदाहरण यहि क्षेत्रको मुटु वायल हो, जुन के. आई. सिंह गाउपालिकाको केन्द्रमै विराजमान छ । यसैमा अवस्थित दुर्गामाडौं स्वास्थ्य चौकीमा अचेल मेरो सेवा चलिरहेको छ, जहा एक प्राथमिक स्वास्थ्य चौकी बराबरको सेवा पाउन सकिन्छ । मलाई डोट्याल बोल्न केहि असहज भएपनि केहि बर्ष अछाममा काम गरेकोले र अछामी भाषा आउने भएकोले बिरामीसंग घुलमिल हुन खासै गाह्रो भएन । यहाँ मलाइ मन परेको बिषय चाहिँ छाउगोठमुक्त क्षेत्र रहेछ जुन सह्रानिय छ।

तर स्वास्थ्य अबस्थाका दृष्टिकोणले केहि कुराहरुमा निकै सुधारको महसुस गरेको छु । प्राय बिरामीहरु स्वास्थ्य चौकीका सेवाहरु प्रति सन्तुष्ट भए पनि एउटा डाक्टरको आखाबाट बिरामीलाई औषधि उपचार मात्र नभएर रोग रोकथाम र अस्वस्थकर ब्यबहार प्रति सचेत गराउनु आबश्यक ठान्दछु । बहिरंग सेवा लिन आएका अधिकांस बिरामीहरु, देवीदेउता तथा धामीझाक्रीलाई सोधेर स्वास्थ्यचौकी आएका भेटिन्छन् । पढेको होस् वा नपढेका सबैले त्यही गर्छन् । अधिकांसले धामीसंग स्वास्थ्य चौकि जाउँ कि नजाउँ भनि अनुमति लिनु पर्ने अरे ।
सुरुको अबस्थामा सामान्य रोगको लागि घरायसी उपचार गर्नु पर्छ तर बेहोस हुँदा, स्तनमा पिप बन्दा, पेट दुख्दा, हाडजोर्नीको समस्या आउ“दा, दमको बिरामीमा, आखामा चोट लाग्दा, सर्पले टोक्दा वा कुनैपनि जटिल अबस्थामा देउता नसोधी धामीकहा नपुगि म कहाँ आएका अधिकांस केस फेला पारे । समाजमा जगडीएर बसेको एउटा परम्परा नै बनेको छ । यो परम्परा तोड्न दुवै सेवाग्राही र धामी झाक्रीको चेतना अभिबृद्धि गर्न जरुरि देख्दछु ।
त्यस्तै अर्को जटिल बिषय चाही आफै डाक्टर बनेर औषधी खाने प्रबृति छ । भारतबाट आफन्तले पठाएका वा ल्याएका दुखाइ कम गर्ने, ज्वरोको , पखालाको, रिंगटाको, काटेको ठाउमा प्रयोग गर्ने भनि आफु खुसि विभिन्न किसिमका एन्टिबायोटिक र एनाल्जेसिक औषधि गाउमा छ्याप्छ्याप्ती भेटिन्छन । कति त नामै नखुलेका खुल्ला औषधिहरु , कति ३÷४ थरिका औषधीहरु एकैमा मिसिएका पनि भेटिन्छन । यसरी आफु खुसि डाक्टरको प्रेसक्रिप्सन बिना औषधि प्रयोग गर्नाले पछी निकट भविष्यमा मृगौलाका रोगीहरु प्रशस्तै भेटिने पक्का छ । जुन उपचारको लागि निकै महँगो छ भने स्वास्थ्य धेरै जटिल बनि उत्पादकत्व जिबनको क्षय हुने देखिन्छ । प्राय नदुख्ने औषधीहरु आबश्यकता भन्दा बढि र डाक्टरको सल्लाहा बिना प्रयोग गर्दा कलेजो र मृगौला मात्रै नभई आन्द्रामा पनि जटिल असर पर्ने हुन्छ । त्यस्तै एन्टिबायोटिक रेसिस्टेन्ट अर्थात पछी गएर सामान्य रोगका किटाणुलाइ पनि नयाँ र बलिया एन्टिबायोटिक आवस्यकता पर्ने हुदा यस्तो प्रचलनलाइ निमिट्यान्न पार्न जरुरि देखिन्छ । आजैबाट स्वास्थ्यकर्मी को सल्लाहा बिना औषधी प्रयोग गर्न नहुने कुरालाई बिशेष उजागर गर्न जरुरी देखिन्छ ।
त्यस्तै दुर्गम गाउँहरुमा प्राय हुने रुढिबादी प्रचलन मध्ये एक हो देउता सोध्नु अर्थात धामीलाई सोधेर अस्पताल जाने नजाने निर्णय लिनु, त्यस्तै केहि व्यक्तिहरुले आकस्मिक उपचारमा पनि सुइ लगाउनबाट रोक्नु निकै डरलाग्दो प्रचलन छ । यहाँ सुइ लगाएमा देउता रिसाउने र झनै रोग बल्झने बिश्वास छ भने ठिक त्यसको उल्टो धेरै जसोमा एक डोज सुइ लगाउदा निको हुने बिस्वासका कारण एन्टिबायोटिक दुरुपयोग भएको देखिन्छ । त्यस्तै केहिमा भने हरेक केहि महिनाको अन्तरालमा सलाइन पानि हाले बलियो हुने खराब सोच भेटिन्छ । तसर्थ धामी झाक्रीलाई र सामान्यतया गाउघरमा रुढिबादी परम्परालाइ परिमार्जन र आबस्यकता अनुसार परिबर्तन गर्न निकै ढिला भएको म भेट्दछु ।
यसका लागि के आई सिंह गाउँपालिकाले समुदायस्तरमा जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्न जरुरी छ । ब्यापक जनचेतनामूलक कार्यक्रमबाट सचेतना गर्नुका साथै त्यस्ता प्रबृति निरुत्साहीत गर्ने खालका अन्य निती तथा कार्यक्रम पनि संचालन गर्नुपर्ने सुझाव मेरो छ ।

(डा. गुरुङ्ग दुर्गामाण्डौ स्वास्थ्यचौकीमा कार्यरत हुनुहुन्छ )