गाउँपालिका अध्यक्ष मोटरसाइकलमै जनताको सेवामा

सिंगो गाउँपालिकामा एउटा पनि प्रतिपक्षि नभएको स्थानिय तह हो, केआईसिंह गाउपालिका । त्यसका अध्यक्ष हुन् , लोकेन्द्र शाही । साधारण जीवन शैली र असाधरण सकृय रहने शाही जनप्रतिनिधीका रुपमा निर्वाचित भएपछि केही नमुना कार्य गरेर चर्चामा छन् । सुख सुबिधा र भड्किलो जीवन शैली अपनाएर जनप्रतिनिधी आलोचित भइरहेका बेला अध्यक्ष शाही गाउपालिकाले उपलब्ध गराएको मोटरसाइकलमै जनताका काममा खटिरहेका भेटिन्छन् ।

केआईसिंह गाउपालिका वडा नं. ५ रानागाउमा घर भएका शाहीको २ बर्षे कार्यकाल कस्तो बित्यो ? कसरी कार्यसम्पादन गरिरहेका छन् ? उनको भावी योजना के छन् ? यसैबारे नेपालपथ एनपिएल न्यूजले गरेको कुराकानीको सम्पादित अंश

अहिले के मा ब्यस्तता छ ?

जनताकै सेवामा खटिएको छु । बिगतका अनुभवबाट केही सिक्दै आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम कसरी प्रभावकारी बनाउने ? कस्ता योजना छनोट गर्ने भनेर जनतासंग भेटघाट, नागरिक समाज, बुद्धिजीबीसंग राय सुझाव संकलनमा ब्यस्त छु ।

आगामी योजना के छन् ?

जनतालाई स्थानिय सरकारको अनुभुति महसुस गर्ने खालका योजना बनाइरहेको छु । स्वास्थ्य, शिक्षा, कृषि र जीबिकोपार्जनसंग जोडिएका लोकप्रीय योजना ल्याउने तयारीमा छु । यी योजना बिपन्न, गरिब, दलित र पिछडिएका समुदायको मागमा आधारित हुनेछन् । बिगतभन्दा अझै प्रभावकारी कार्यक्रम तपाईहरुले केआईसिंहमा पाउनुहुनेछ ।

मैले यो चाही अरुभन्दा फरक काम गरे भनेर भन्नुपर्दा बुदागतरुपमा के देखाउनु हुन्छ ?

हेर्नुस म जहिल्यै जनताको सेवा रुचाउने गर्छु । केआईसिह गापाका जनताहरु सामान्य रोग बिरामका लागि पनि क्रृण काढेर उपचारका लागि बाहिर गएको पीडा मेरो मनमा पहिल्यै देखि गढेर बसेको थियो । यसबाट कसरी उकास्न सकिन्छ भन्ने चिन्ता थियो । सिमित स्रोत र बजेटबाट एकैचोटी सम्भव भएन । मलाई गाडी किनेर सुबिधा लिन थुप्रै साथीभाई प्रतिनिधीबाट सुझाव आयो त्यो मैले स्विकारेन । नाई भन्दा भन्दै साथीहरुले गाउसभाबाट गाडी किन्ने निर्णय पनि गरे । मैले बरु गाडीघोडा नचढेर दुखि बिरामीका लागि एमबिबिएस डाक्टर ल्याएर सेवा दिए । यसरी स्थानिय तहको लगानीमा डाक्टर ल्याउने केआईसिह गापा देशकै पहिलो हो । अहिले हेर्नुस त्यहा उपचार गर्न आउने बिरामीको घुइचो छ । म यसबाट खुसि छु । त्यसबाहेक दलित समुदायको उत्थानका लागि दलितसंग अध्यक्ष कार्यक्रम ल्याएको छु । जसबाट दलितहरुबाट मागका आधारमा आयआर्जनसंग जोडिएका सीपमुलक तालिम चलाइको छ । आधारभुत पढाइसमेत गरिबीका कारण पढाई छोड्न बाध्य भइरहेका दलित समुदायका उच्च शिक्षाका लागि बिशेष प्याकेज ल्याएको छु । बर्षमा ३ जना दलित बिद्यार्थीलाई प्राबिधीक बिषयतर्फ उच्च शिक्षाका लागि छात्रबृति दिएर पढाइरहेको छु । ताकी पढाइपछि उनीहरुले तत्काल रोजगारी पाउन् । यसबाहेक अरु पनि बिपन्न, महिला लक्षित राहत मुलक कार्यक्रम पनि छन् । जस्ले मलाई जिन्दगीभरका लागि सन्तुष्टी दिनेछ ।

जनताले प्रत्यक्ष राहत पाउने के योजना ल्याउनु भएको छ ?

किन नहुनु ? चाडबाडका बेला महंगी हुन्छ भनेर मैले सहकारी मार्फत दैनिक उपभोग्य सामाग्रिहरुमा प्रतिपरिवारलाई अनुदान दिएको छु । करिब ४५ सय परिवारको चुलोमा चाडबाडका बेला हाम्रो सानो अनुदानबाट खुसी छाएको छ । हातमा सीप नभएका बेरोजगारहरुका लागि सीपमुलक तालिम, ब्यापार ब्यबसायका लागि अनुदान दिएको छु । आगामी बर्ष अझै प्रभावकारी योजना ल्याउदैछु । स्वस्थ जनशक्ति उत्पादन होस भनेर हामीले सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिरहेका छौं । ताकी उनीहरुको स्वास्थ्य अवस्था समयमै थाहा पाएर गापाले स्वास्थ्य निती बनाओस र स्वस्थ जनशक्ति उत्पादन गरोस । रोग लागि सकेपछि भन्दा लाग्नु पूर्व नै पूर्व सर्तकता अपनाएका छौं । यहि बर्षमात्र हामीले केही बिद्यालयमा गरेको नमुना स्वास्थ्य परिक्षणमा डरलाग्दो तथ्यांक फेला पारेका छौं । यसले आगामी बर्षको योजना बनाउन सहयोग गरेको छ ।

अहिले जतात्यतै भ्रष्टार मौलाएको छ, तपाइका तिर कस्तो गुनासो छ ?

मैले भन्दा त आफै गुणगान गाएजस्तो होला । त्यो त्यहाका जनतालाई सोध्नुस । पहिलो कुरा मैले फजुल खर्च स्वाट्टै घटाएको छु । तपाईहरुले सुन्नु भएकै होला । गाडीघोडा, भ्रमण, मनोरञ्जन तालिम गोष्ठीका नाममा कर्मचारी र जनप्रतिनिधीले मिलेर लाखौ खर्च गरिरहेका छन् । तपाईले कहिल्यै सुन्नु भएको छ, केआईसिंहका कर्मचारी र जनप्रतिनिधी भ्रमणमा निस्केको, गाडी रिजर्ब गरि कुनै कार्यक्रममा सहभागि भएको । मैले अध्यक्ष भएदेखि अहिलेसम्म ३ पटकमात्र बोलेर जीप रिजर्ब गरि बाहिरी जिल्ला गाउपालिकाकै कामका लागि गएको छु । त्यो पनि अति जरुरी परेकाले । नत्र म मोटरसाइकलमै जाने हो । मेरा अरु जनप्रतिनिधी साथीहरु प्नि म जस्तै हो । हामीले यो फजुल खर्च रोकेर गाउमा डाक्टर ल्याएका छौं । जनतालाई राहतहरु दिएका छौं ।
अर्को कुरा योजना छनोट भइसकेपछि उपभोक्ता समितिका पदाधिकारी, स्थानिय, कर्मचारीलाई संगै बसाएर प्राबिधीकलाई आफ्नै मोटरसाइकलमा बोकेर टोलटोलमा गई कसैले पनि गाउपालिकाका योजनाको काम गर्दा अतिरिक्त पैसा नदिनुहोला भन्दै सम्भाएर हिड्ने मै हुँ । प्राबिधीकलाई पनि गुणस्तरमा कुनै कम्परमाइज नगर्नु भनेर निर्देशन दिएको छु । बरु उपभोक्ता समिति र प्राबिधीकहरुलाई काम गर्दा लाग्ने खर्च ब्यहोर्न छुट्टै बजेटको ब्यबस्था गरिदिएको छु ।

जनतासंगको सम्बन्ध कस्तो छ, कसरी ?

मेरो सम्पति नै जनतासंगको सम्बन्ध हो । कोही एउटा ब्यक्ति देखाइदिनुस जस्ले मलाई बिपत पर्यो सहयोग गर्नुस भन्दा म उसले बोलाएको ठाउमा नपुगेको हुँ । राती होस या बिहान, म चौबिस घण्टा गाउमै खटिएको हुन्छु । गाडी भएपछि भनेको समयमा सबै ठाउमा जान सम्भव हुन्न भनेर नै म मोटरसाईकलमा कुद्ने हो । मलाई गाउपालिका छोड्ने मन बिशेष काम बाहेक लाग्दैन ।

तपाईको गाउपालिकामा एउटा पनि बिपक्षी जनप्रतिनिधी छैनन् , उहाँहरुका कुरा कतिको सुन्ने गर्नु भएको छ ?

त्यो त निर्वाचनको मतपरिणाम हो । मैले लादेर निषेध गरेको होइन । जनप्रतिनिधीका रुपमा नभएपनि योजनाहरु बनाउदा, कार्यान्वयन गर्दा उहाहरुको रायसुझाव लिने गरेको छु । केही सामान्य बाहेक अरु दलका साथीहरुको गुनासो छ जस्तो लाग्दैन । तपाईहरु संग पोख्नु भएको छ भन्नेकुरा म पत्याउदिन । किनकी बिपक्षीलाई आफ्ना कुरा राख्ने सहज बाताबरण केआईसिंह जति अन्यत्र होला जस्तो मलाई लाग्दैन ।

जनता त जनप्रतिनिधी प्रति बितृष्णा ब्यक्त गर्छन् ? तपाईको पनि कतिपयले आलोचना गरिरहेका हुन्छन् त ?

सबैकुरामा म पोख्त छु, सतप्रतिशत जनता सन्तुष्ट बनाउन सकेको छु भन्ने धृष्टता म राख्दिन । ममा पनि कमीकम्जोरी होलान् । लामो समयपछि जनप्रतिनिधीका रुपमा आएकाले ऐनकानुन बनाउन, त्यसको ब्यवस्थान गर्न समय लाग्यो । सही लाइनमा आउन थुप्रै चुनौतीहरु पनि थिए । यो कुरा केआईसिंहका असल जनताले मुल्यांकन गर्नु भएको छ । बाकी केही आफ्ना ब्यक्तिगत स्वार्थले पनि आलोचना गर्लान् । केहीको जायज मागहरु मैले ऐन कानुनका अभावमा, सिमित स्रोत र बजेटका कारण सम्बोधन गर्न नसकेको हुन सक्छु । त्यसलाई आगामी दिनमा बिस्तारै सल्टाउदै लग्नेछु ।