ब्राजिल फाइनलमा, अर्जेन्टीना आउट

काठमाण्डौ– ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज बिहान ब्राजिल र अर्जेन्टीना बिच भएको खेलमा ब्राजिलले अर्जेन्टीनालाई २–० गोल अन्तरमा पराजित गरेको छ । पहिलो गोल १९ मिनेटमा ग्याब्रियलले गरेका थिए भने दोस्रो गोल ७१औ मिनेटमा फिर्मिन्होले गोल गरि ब्राजिलले जित सुनिश्चित गरेका थिए । उपाधि लागि अब ब्राजिलले पेरुबी र चिल्लीको विजेतासँग भिड्ने छन ।