‘बिकास निर्माणका लागी हामी संगै छौ’ –मन्त्री अरुण प्रसाद नेपाल

सिन्धुपाल्चोक– प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले आज सिन्धुपाल्चोक जिल्लाको बिकाश निर्माणका कामको अनुगमन गर्नु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेमा निर्माण भएको जुरेप्यारे सडक र कालापानी –चम्पाखर्कमा निर्माण भएको सडकको अनुगमन गर्ने क्रममा यस क्षेत्रका नागरिकका समस्याहरू उहाँले जानकारी समेत लिनु भएको छ ।
प्रदेश सरकारले यस सडक निर्माणको लागी ५० लाख र ३० लाख लागनी गरेर काम भईरहेको छ । जुरेप्यारे सडक र कालापानी – चम्पाखर्क दुुुुुुबै सडक निर्माणको आज अनुगमन गर्नु भएको मन्त्री नेपालका स्वकिय सचिब लक्ष्मण पौडेलले जानकारी दिनु भएको छ । सडक निर्माणको अनुगमन गर्दै मन्त्री नेपालले भन्नुभयो– ‘ यस क्षेत्रको समस्या मेरो पनि भएकाले बिकास निर्माणका लागी हामी संगै छौ’ ।