शिक्षाका प्रेरणाको पात्र पाल्साङ

टीका सुवेदी

लिसंखुपाखर ७ ठुलोपाखरका पाल्साङ तमाङ कक्षा ५ मा अध्यान गरिरहेकी छिन । उमेरले ४० वर्ष पुगेकी पाल्साङ दुई वर्ष अघि कक्षा ३ मा भर्ना भएकी थिइन । आमा समुह देखी पढ्न थालेकी उनी आफ्नो पढाइको धोको मेट्न विद्यालयमै भर्ना भइन । पढ्नलाई उमेरले छेक्दैन भन्ने उदाहरणको पात्र हुन पाल्साङ । संसारीमाई माध्यमिक विद्यालयमा अध्यान गरिरहेकी पाल्साङ पढाई नै जीवनको अमुल्य धन हो भन्ने कुराको अर्को नमुना हो । हरेक समस्यासंग जुधेर विद्यालयको घण्टीसंगै कक्षाकोठामा प्रवेश गर्छिन ।
ससाना बालबालिकासंग बसेर दिनभरी पढ्छीन र घर फर्किन्छीन । उनीलाई यतिवेला पढाईको चिन्ता छ । परिक्षा आउन लागेको छ । कसरी राम्रोसंग लेख्ने र राम्रो अंक ल्याउने भनेर राती सम्म पढ्छिन । सानामा बावुआमाले पढ्न नपठाएको खिन्नता मन भरी छ । तैपनि उहाँहरु प्रति गुनासो छैन । पाल्साङ भन्छीन म अव पढेर पनि केही गर्न सक्छु । उनी ५ कक्षाको विद्यार्थि मात्रै होइन समाजसेवी, जनप्रतिनीधि र नेता पनि हो । संर्घषको पाइला त हिसाव नगरौं सफलताले पनि साथ दिएको छ । सवैको आखाँका नानी झैं प्यारी पाल्साङ अरुको दुखमा संगै रुने र सुखमा सगैं रमाउने व्यक्ति हुन । सवैको भलो चाहाने पाल्साङको जीवन यात्रा घरको चुलाचौको मात्र नभई पालिकाको न्यायिक सदस्यको जिम्मेवारी सम्म छ ।
विद्यार्थी पाल्साङ ः संसारीमाई मावि कक्षा ५ मा अध्यान गरिरहेकी छिन । उनी समय मिले सम्म नियमित पढ्न जान्छीन । उनीका २२ वर्षको छोरा, १९ वर्ष की छोरी र श्रीमान छन । छोरा विदेश छन । छोरी विएड दोस्रो वर्षमा अध्यान गरिरहेकी छिन । पढ्न जानमा उनीका श्रीमानको पनी ठुलो सहयोग रहेको वताउछीन । छोरा,छोरी पनि खुशी छन । बिद्यालय जादा सवै कितावकपी लान्छीन । ससाना वावुनानीसंग खेल्दै पढ्छीन । उनी भन्छीन एक दिन बिद्यालय नजादा कक्षाका साथीहरु हजुर आमा आउनु भएन भनेर निसाश वन्छन र जादा खुसी हुन्छन । पढाइमा राम्रो गर्दै गएको शिक्षक आयुषी तमाङले वताइन । आयुषीका अनुसार पाल्साङको पढाई राम्रो छ । उहाँको मेहनत देखेर हामी दंग परेका छौं । उहाँलाई कुनै लाज सरम जस्तो लाग्दैन अरु विद्याथी जसरी पढ्न आउनुहुन्छ । खुसी लाग्छ । समाजमा पछि पाल्साङको वारेमा राम्रो कुरा गर्छन । जसकारण उनीलाई पढ्न हौसल्ला मिलिरहेको छ । उनीको इच्छा कम्तीमा पनि एसईई पास गर्ने रहेको छ ।
समाजसेवी पाल्साङ ः पाल्साङ तमाङ ठुलोपाखरकै अगुवा समाजसेवी महिला हुन । विभिन्न संगसंस्थाको नेतृत्व गरिरहेकी पाल्साङ सामाजीक काममा अग्रसर भएर लागीरहेकी छिन । विकास योजना पार्न र काम गर्ने पाल्साङ आवश्यकताको आधारमा विकास योजना निर्माण गर्नपर्छ भन्ने कुराको वकालत गर्छिन । महिलाहरुको सशक्तीकरण र शिप सहितको आर्यआर्जन व्यवस्था गर्न पटकपटक आवाज निकालिरहेकी छिन । महिलाहरुको नेतृत्व स्थापित गर्न उनी निरन्तर लागीरहेकी छिन ।
जनप्रतिनीधि पाल्साङ ः स्थानीय निर्वाचनमा सानदार विजयी हासिल गरिन पाल्साङले । नेपाली कांग्रेसको तर्फवाट वडा सदस्यको उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएकी उनी अरु पदमा पार्टीले हार्दा उनी एक सदस्य मात्रै विजयी भइन । नेपाली काग्रेसको महिला संगठनको जिल्ला सदस्य पाल्साङ वडा सदस्य जिते पछि लिसंखुपाखर गाँउपालिकाको न्यायिक समितिको सदस्य वनिन । अहिले उनी पालिका भरको न्यायिक क्षेत्रमा काम गरिरहेकी छिन । साथै विकासको पाटोको पनि नेतृत्व गरिहेकी छिन ।
दिगो शान्तीको क्षेत्रमा पाल्साङ ः प्राकृतिक स्रोत द्धन्द रुपान्तरण अभियान, स्थानिय स्तरमा भएको प्रकृतिक स्रोत (जल, जंगल र जमिन ) मा आधारीत द्धन्दलाई दिगो रुपमा रुपान्तरण गरी द्धन्दरत पक्षहरुको बिचमा सम्बन्ध सुधार सहित दिगो शान्तीका लागी उन्नत सम्बन्ध भन्ने मुल नाराका साथ स्थापना भएको छ । त्यस संस्थाले लिसंखुपाखर गाउँपालिका ७ मा रहेको संसारीमाई मावि, लामाचौर सा.व.उ.स. र स्थानीय समुदाय वीचको वन सिमाना तथा चिहान सम्बन्धि द्धन्द रुपारन्तरण प्रकृया अनुसार द्धन्द रुपान्तरणको प्रकृयामा काम गरिरहेको छ । सो द्धन्द्ध रुपान्तरणको लागी सहजीकरण गर्न निर्माण गरिएको माकुरा समुहको पनि पाल्साङ सदस्य छिन । सम्वाद तथा छलफलको माध्यमवाट विवादलाई मिलाउन पर्छ भनेर समुदायमा द्धन्द रुपान्तरणको प्रकृयामा सहजीकरण गरिरहेकी छिन ।
नरमपना र वौद्धिकताले भरिएको जीवन थप सुखमय वनोस हार्दिक शुभकामना पाल्साङ दिदी ।