प्रदेश नं ३ को कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजार बजेट प्रस्तुत

जनतापत्र संवाददाता – प्रदेश नं ३ को प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्ष ०७६ र ७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट प्रस्तुत गरेका छन् ।

सो बजेटमध्ये चालूगततर्फ २४ अर्ब ४० करोड ७९ लाखको बजेट र पूँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार र वित्तीयतर्फ ३० करोडको बजेट छुट्याइएको जानकारी दिए ।