नेपाल सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ

काठमाडौँ — नेपाल सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल फित्रुका अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको हो। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार इदुल फित्रको दिन बुधबार बिदा दिइएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।