बिष्णु माझी र पवन ओलीको आवजमा ” माछि बस्यो ” (भिडियो सहित)

हाेम सुबेदी, काठमाडौं – बिष्णु माझी र पवन ओलीको आवजमा ” माछि बस्यो ” (भिडियो सहित)
नेपाली लोक दोहोरी सांगीतिक क्षेत्रको दौरानमा लामो समय देखि आफुलाई परिचय दिदै जाने क्रममा यति वेर बजारमा ” माछि बस्यो ” सर्बजनिक भएको छ।
लोकप्रिय गायिका बिष्णु माझी र पवन ओलीको सुमधुर आवाज रहेको गीतमा पवन ओलीकै लय तथा शब्द सृजना भित्र पछिल्लो समय नेपाली लोक संगीत क्षेत्रमा निकै चर्चामा रहेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकन र बिष्णु शर्माले भिडियोको सम्पादन गरेका हुन्। उक्त गीत पवन ओलीको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ । पवन ओली एक कुसल गीतकार तथा संगीतकार मात्रै नभएर समाजसेवी समेत हुन्। भिडियोमा रबिन्द्र प्रताप सेन र श्रीष्टि खड्काको अभिनय रहेको छ।

(भिडियो सहित)