सुटिङमा ‘पापी काल’

922

एनपिएल संवाददाता
धनगढी, ४ चैत
गत मंसिरमा डडेल्धुराको उग्रतारा मन्दिरमा लाग्ने मेला भरेर घर फर्कनेबेलामा भएको स्क’ल बस द’र्घटनामा परेर मृत्य’ भएकाहरुको सम्झनामा गीति एल्बम बजारमा आएको छ । अडियोमा बजारमा आएको गीति एल्बम ‘पापी काल’ को सोमबारदेखि छायाङ्कन थालिएको छ ।


दुर्घटनामा परेर मृत्यु भएका आफ्ना छोरा–बुहारीको सम्झनामा आमा भक्ती कठायतले निर्माण गरेको एल्बम सुटिङका क्रममा रहेको छ । सत्य घटनामा आधारित गीति एल्बम पापी कालमा बोगटानी किङले मुख्य पात्रमा अभिनय गरेका छन् ।

गीतमा ललिता ऐर र पदमदान बोहराले स्वर दिएका छन् भने मीना सोव, कल्पना ढुङ्गाना र संगीता तामाङको पनि गीतमा अभिनय रहेको छ । भीम बिष्टको निर्देशनमा छायाङ्कन हुन थालेको गीतमा क्यामेरामा अनुप बिक रहेका छन् ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...