भ्यालेनटाइन डेमा देवनगरमा सास्कृतिक साझँ हुने

70

चितवन २८ माघ । प्रणय दिवस अर्थात ‘भ्यालेनटाइन डे’को अवसर पारेर लेक ट्वेण्टि थाउजेन फर्म एण्ड रिट्रिकमा भ्यालेनटाइन सास्कृतिक साझँ हुने भएको छ । थ्री सिक्स्टि म्यानेजमेन्ट र पी ए एल इभेन्ट्सको संयुक्त आयोजनामा फागुन २ गते साझ हुन लागेको हो । 
काठमान्डौका चर्चित कलाकार सुशील शाही एण्ड द रबिन्सको विषेश प्रस्तुति हुने कार्यक्रम सह–संयोजक अभिषेक गौलीले बताए । भरतपुर –६ देवनगर, चम्पानगरमा हुने साझँमा समिर कर्माचार्यको सन्तुरको धुनको समेत मज्जा लिन सकिने गौलीले जानकारी दिए । सो क्रममा कार्यक्रमको फेसबुक फ्रेम को सर्वा्धिक लाइक कमेन्ट र शेयरको आधारमा बिजेता घोषणा गरिने छ । बिजेताले पोखराको होटेल ड्याण्डेलियनमा एक रात आवास प्याकेज प्राप्त गर्ने छन् । साथै नेपालको पहिलो मल्टी ब्राण्ड सोरुम र फ्युचर ग्रुप अफ कम्पनीको नारायणगढ शाखाको तर्फ बाट आकर्षक पुरस्कार प्राप्त गर्ने छन् ।
एक्सपोर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले प्रयोजन गरेको कार्यक्रममा रुस्लान भोड्का, वाड्सटाइनर बियर र मंच टाइम क्याफेले सह–प्रायोजन गरेका छन् । विभिन्न चार्ड पर्वको अवसर पारेर थ्री सिक्स्टि इभेन्ट्स म्यानेजमेन्टले सचेतना मुलक एवं मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...