‘१०० कडा १०’को चितवन क्रेज : राष्ट्रिय चलचित्रको उपमा

73

चितवन, माघ २२ । माघ १८ गतेबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र ‘१०० कडा १०’ लाई राष्ट्रिय फिल्म भन्दै चर्चा चलिरहेको छ ।भ्रष्टचार बिरुद्दको अभियानमा निर्माण भएको चलचित्रलाई मन्त्री देखी आमदर्शकले राष्ट्रिय फिल्म भनी प्रशंसा गरिरहेका छन् । यही बिचमा चितवनमा पनि चलचित्रलाई राष्ट्रिय फिल्मको रुपमा चर्चा गरिएको छ । प्रदर्शनको चौथो दिन सोमबार चितवन उद्योग संघले चलचित्रको बिशेष शो आयोजना गरेको थियो । चितवन नारायणगढको जलमा सिनेमामा आयोजना गरेको बिशेष शोमा बिशिष्ट ब्यती देखी आम दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।  

चलचित्र हेर्नका लागि प्रदेश सभा सांसद दिनेश सुबेदी, भरतपुर महानगरपालिका प्रमुख मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह हल सम्म पुग्नु भएको थियो । यस्तै रत्ननगर नगरपालिका प्रमुख मेयर नारायण वन पनि चलचित्र हेर्न हलमा पुग्नु भएको थियो । यस्तै जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघका अध्यक्ष राधेश्याम खतिवडा, बिभिन्न संचारमाध्यममा आबद्द पत्रकारहरु र ब्यबसायीहरुको बाक्लो उपस्थितिमा चलचित्रको बिशेष शो सम्पन्न भएको हो । 

चलचित्र हेरेर हलबाट निस्कने क्रममा प्रतिकृया दिदै भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले ‘सय कडा दस’ ले राष्ट्रिय मुद्दा बोकेको बिताईन् । शाहले चलचित्रको माध्यमबाट देशमा जरा गाडेर बसेको भ्रष्ट्रचारलाई उजागर गरिएको बताईन् । ‘१०० कडा १०’ राष्ट्रिय चलचित्र नै बनाउन योग्य रहेको भन्दै शाहले खुलेर प्रशंसा गरिन् । यस्तै शाहले यती राम्रो फिल्म बनाएकोमा निर्माण पक्षलाई धन्यवाद तथा शुभकामना पनि दिईन् ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले पनि ‘सय कडा दस’ राष्ट्रिय फिल्म बनाउन लायक चलचित्र बनेको प्रतिकृया दिएका छन् । उनले चलचित्रको कथा बस्तु र प्रस्तुतीले सबैको मन छुने र यसले समाजमा भईरहेको भ्रष्टचार न्युनिकरणमा सहयोग पुग्ने विश्वाश ब्यक्त गरे । उनले ‘१०० कडा १०’ अहिले सम्म कै एक उत्कृष्ट फिल्म बनेको भन्दै यो चलचित्र हेर्दा खुशी लागेको बताए ।

चलचित्रमा देखाईएको जस्तै यदी कुनै कर्माचारीले जीवनमा कुनै दिन भ्रष्टचार गरेको छ र यो चलचित्र हेर्दा उसको मन छोएन भने त्यो जस्तो महा भ्रष्टचारी अरु कोही हुनै नसक्ने उनले बताए । उनले चलचित्रले समाजमा साकारात्मक सन्देश दिएको बताए । उनले ‘१०० कडा १०’ सबै कर्माचारी र परिवारले हेर्नै पर्ने चलचित्र बनेको बताएका छन् । उनले चलचित्र हेरिसकेपछि भ्रष्टचार गर्नेहरु झक्झकिने र नगरेकाहरुले आफु ठीक बाटोमा हिंडेको महसुस गर्ने प्रतिकृया दिए । यस्तै उनेले कलाकारहरुको अभिनयको पनि तारिफ गरेका छन् ।

चलचित्र हेरे पछी प्रतिकृया दिदै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले ‘१०० कडा १०’ सन्देशमुलक बनेको बताएका छन् । उनले भ्रष्टचार गर्ने एउटा सामान्य कर्माचारीको कथामा चलचित्रलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बताए । चलचित्र युनिटले जसरी भ्रष्टचार बिरुद्दको अभियानमा निर्माण भएको चलचित्र भने झै यसले उक्त भनाईलाई न्याय गरेको दुवाडीको भनाई रहेको छ । उनले ‘१०० कडा १०’ राष्ट्रिय चलचित्र बनाउन लायकको बनेको पनि दुवाडीले बताए । यस्तै उनले आगागी दिनमा पनि यस्तै सामाजिक र सन्देशमुलक चलचित्र बनाउन शुभकामना दिएका छन् ।

यस्तै पोल्ट्री ब्यबसायी महासंघका अध्यक्ष पूर्ण चन्द्र बिष्टले ‘१०० कडा १०’ ले मनोरन्जन र सामाजिक सन्देशलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको बताए । उनले यो किसिमको फिल्म बन्न निकै जरुरी रहेको प्रतिकृया दिएका छन् । उनले नेपालमा कथाबस्तु देखी लिएर प्राविधिक पक्ष समेत गरी सबै पक्षबाट यती राम्रो फिल्म पनि बन्दो रहेछ भन्ने उदाहरण ‘सय कडा दश’ ले दिएको बताए । बिष्टले ‘सय कडा दश’ आफुले जीवनमा हेरेको फिल्महरु मध्यकै उत्कृष्ट फिल्म भएको पनि बताए ।

चितवन उद्योग संघका बरिष्ट उपाध्यक्ष राजु पौडेलले ‘१०० कडा १०’ एउटा सामाजिक सन्देश बोकेको चलचित्र बनेको भन्दै सबैलाई एक पटक हेर्न आग्रह गरे । उनले चलचित्रमा राजनितिक नेतृत्वको कथालाई पनि जोड्न सकेको भए अझै राम्रो हुने प्रतिकृया दिएका छन् । उनले चलचित्रको दोस्रो भाग पनि निर्माण गर्न जरुरी रहेको बताएका छन् । यस्तै उनले यो टिमबाट आगामी दिनमा पनि यस्तै चलचित्रको अपेक्षा रहेको बताए ।

चलचित्र हेर्न आमन्त्रित सम्पूर्ण ब्यतीहरुले चलचित्र राम्रो बनेको प्रतिकृया दिएका छन् । चलचित्र हेर्न हल पुगेका सबैले कथा बस्तु निकै राम्रो बनेको र कथा अनुसारको प्रस्तुती पनि उत्कृष्ट रहेको बताएका छन् । पहिलो हाफमा चलचित्रले एकदमै हसाएको र दोस्रो हाफमा भने सबैलाई भावुक बनाएको आमन्त्रित सम्पूर्ण ब्यतीहरुको भनाई रहेको छ । यस्तै उनीहरुले एउटा सामान्य कर्माचारीको कथालाई मात्रै चलचित्रमा देखाईएकोले यसमा राजनितिक नेतृत्वको कथालाई पनि जोड्न सकेको भए सुनमा सुगन्ध हुने बताएका छन् । यस्तै चलचित्र हेरेका दर्शक तथा आमन्त्रित सम्पूर्ण ब्यतीहरुको ‘१०० कडा १०’ राष्ट्रिय चलचित्र बनाउन लायकको रहेको बताएका छन् भने चलचित्रको दोस्रो भाग पनि निर्माण गर्न निर्माण टिमलाई आग्रह गरेका छन् ।

सुपरहिट चलचित्र ‘प्रेम गीत २’ का निर्देशक रामशरण पाठक निर्देशित चलचित्रमा रज्जु प्रधानको कथा रहेको छ । दर्शन नेपाल कृयसनको प्रस्तुती रहेको चलचित्र ‘१०० कडा १०’ लाई रज्जु प्रधान उत्तम खत्री, डि आर उपाध्याय र सन्जिव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा निर्मात्री प्रधानको कथा रहेको छ । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, रवि डंगोल, अमृत ढुंगाना, करुना श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोख्रेल, सोनिया राई आदिको मुख्य अभिनय रहेको छ ।

राजाराम पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको सह निर्माताहरुमा निरौला सँगै बालकृष्ण घिमिरे र साजन थापा रहेका छन् । चलचित्रलाई रमेश्वर कार्कीले छांयाकन गरेका हुन् भने बनिश शाहले सम्पादन गरेका हुन् । चलचित्रमा डि आर उपाध्याय, राम शरण पाठक र रवि मल्लको शब्द, कल्यान सिंहको संगीत, स्वप्न सुमन, त्रिशला गुरुङ, सन्देश पाठक र सागर संसार राईको आवाज तथा दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...