सडक महोत्सवको निम्तो बाड्दै रेवान पोखराको टोली सौराहामा !

158

भरतपुर पुस ०४ । रेस्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (रेवान पोखरा)को टोली सडक महोत्सवको निम्ता गर्न सौराहा आइपुगेको छ । यसपालीबाट गण्डकी प्रदेशको प्रबद्दनमा हुन लागेको २० औ पोखरा सडक महोत्सबको प्रचार प्रसार गर्न बिभिन्न जिल्ला हुदै रेवान पोखरा सौराहा आएको हो । अंग्रेजी नया वर्ष र क्रिसमसको अवसरमा आन्तरिक एवं बाह्य पर्यटकलाइ पोखरामा भित्र्याउन महोत्सव आयोजना गर्दै आएको सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो । ‘सडकमै खाऔ सडकमै रमाऔ’ भन्ने मूल नाराका साथ डिसेम्वर २८ देखि जनवरी २ सम्म पोखराको लेक साइडमा ३ किलोमिटर सडकमा सडक महोत्सव हुने पोखरा रेवानका पुर्व अध्यक्ष सुर्य बहादुर भुजेलले बताए । महोत्सव सफल पार्न २६ सदस्यीय मूल समारोह समिति गठन गरी तयारी तिब्र पारिएको छ । महोत्सवमा सात वटै प्रदेशको लोपोन्मुख सस्कृति प्रमुख आकर्षणको केन्द्र रहनेछ । गण्डकी प्रदेशको संयोजनमा चीन भारत र पाकिस्तानको अन्तरास्ट्रिय स्तरको सास्कृतिक टोलिको प्रस्तुति रहने रेवान पोखराका महासचिव रमेश थापाले बताए । महोत्सव बाट प्राप्त नाफा सामाजिक कार्यमा खर्च गरिने महासचिव थापाको भनाइ छ । करिव १ करोड ५० लाखको आर्थिक कारोवार हुने अपेक्षा गरिएको सो महोत्सव सम्पन्न गर्न करिव १ करोड २० लाख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सब भरि करिव ८ लाख पर्यटन पोखरा भित्रिएर अवलोकन गर्ने आयोजकको दावी छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...