छैँठौँ एकादशी मेलाको तयारी पुरा

45

चितवन, ०१ मंसिर । समाज परिवर्तन तथा दुव्यसन न्युनीकरण हाम्रो अभियान भन्ने मुल नाराका साथ ज्ञानेश्वर युवा समाजको आयोजनामा हुने छैँठौँ एकादशी मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । आईतबारबाट सुरु हुने २ दिने मेलाको तयारी पुरा भएको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । मंसिर ३ गते सम्म चल्ने मेला लागु औषध दुव्र्यसनी न्युनीकरण सम्बन्धी सचेतना फैलाउँनका लागि कार्यक्रको आयोजना गरिएको ज्ञानेश्वर युवा समाजका अध्यक्ष सुदन पौडेलले बताउनुभएको हो । यस्तै कार्यक्रमबाट ज्ञानेश्वरलाई पर्यटक स्थलको रुपमा विकास गर्न टेवा पुग्ने अध्यक्ष पौडेललको भनाई छ । भरतपुर १६ ज्ञानेश्वर सामुदायिक वन सानोगढीमा हुने मेलामा स्वास्थ्य शिविर समेत सञ्चालन हुने पौडेलले बताउनुभयो । ४० हजार दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

अध्यक्ष पौडेलले हरेक वर्ष झै यसवर्ष पनि मेलामार्फत विपन्न वर्गका छात्र छात्राहरुलाई सहयोग गरिने समेत जानकारी गराउनुभयो । यस्तै मेलाको मुख्य प्रायोजक बि हेन्सी टेलरिङ एण्ड सटिङ सुटिङका प्रोपाईटर जनक थपलियाले समाजिक उद्देश्यका साथ आयोजना गरिएको मेलामा सहयोग गर्न पाँउदा खुशी लागेको बताउनुभयो । यस किसिमको मेलाले कला संस्कृतिको संरक्षण गर्ने हुँदा आगामी दिनमा पनि आवश्यक सहयोगका लागि पनि बि हेन्सी टेलरिङ सँधै तयार रहने बताउनुभएको हो । मेलामा स्थानियदेखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।

गायक शिव परियार, लोकदोहोरी गायक पशुपति शर्मा, सन्ध्या बुढा काउली बुढी, नेपाल आइडलका प्रतिस्पर्धी मिनराज पौडेल, शंशान कंडेल, भेषराज गौतम, ढाकाराम पौडेल, दिपक थापा, अनुराग थापा, सञ्जिवसिंह राना, विश्वास अधिकारी र भविक्ष्य भरत तिवारी आदीको प्रस्तुती रहने छ ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here