माडीको कृष्ण नगरमा दशैं बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न

47

माडी,०१ कात्तिक । माडीको कृष्ण नगरमा दशैं बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ग्रिनल्याण्ड युवा क्लबले आज (बिहिवार ) आयोजना गरेको सास्कृतिक कार्यक्रममा स्थानीय कलाकारको बिशेष प्रस्तुतिमा दर्शक झुमेका क्लबका सदस्य हिमाल भण्डारीले बताए । समाजसेवी सिंह बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मादी ९ का वडा अध्यक्ष शिवहरि सुबेदी लगाएत स्थानीय बुद्दिजिबि , सामाजिक कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रम ग्रिनल्याण्ड युवा क्लबका अध्यक्ष अर्जुन अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको संचालन सन्दिप सुबेदीले गरेका थिए ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here