भरतपुर ६ मा पृथक तिज महोत्सब सम्पन्न , तिज माइती र चेली बीचको सद्भाव

20

शिव शर्मा भरतपुर भदौ २३ । महिला हरुको महान चार्ड तिजले माइती र चेली बीच सद्भाव प्रगाढ हुने प्रदेश सांसद कृष्ण भुर्तेलले बताएका छन् । आज (शनिवार ) भरतपुर महानगरपालिका वडा न ६ स्थित अरुणोदय कलेजको प्राङ्गणमा भएको तिज महोत्सबमा उनले तीजलाई मौलिकताको आधारमा मनाउनु पर्ने बताए । पछिल्लो समय आधुनिकता संगै तिजमा पनि बिकृति भित्रिएको तर्फ संकेत गर्दै उनले तिज भड्किलो हुन नहुने बताए । सामाजिक सतर्कता अभियानको प्रस्ताबमा गीतानगर सामुदायिक अध्ययन एबम पर्यटन सुचना केन्द्र (सिएलसि ) को समन्वय र भरतपुर वडा न ६ को आयोजनामा भएको कार्यक्रममा भुर्तेलले यो कार्यक्रम पृथक भएकाले आगामी बर्ष पनि निरन्तरताको अपेक्षा गरे । 

कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ६ का वडा अध्यक्ष हरि विलास कोइरालाले सस्कृति जोगाउन वडाले सिएलसि र अन्य सस्था संग सहकार्य गरेर सबैको अपनत्व महसुस हुने गरि कार्यक्रम गरिएको बताए । उनले आफ्नो वडाबाट सुरुवात भएको यस्तो प्रयासलाइ अन्य वडाले पनि पछ्याउन पर्ने बताए ।

त्यस्तै गीतानगर सामुदायिक अध्ययन एबम पर्यटन सुचना केन्द्र (सिएलसि ) का अध्यक्ष लोकनाथ पौडेलले तिजलाइ एउटा उत्सबको रुपमा मनाउन तिज महोत्सब गरिएको बताए । उनले सबैको सहभागितामा उत्कृस्ट कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण आफुहरुले प्रस्तुत गरेको दाबि गरे । 
“पछिल्लो पुस्तामा सस्कृति हस्तान्तरण जटिल भएको बेला सबै उमेर बर्ग समुहको सहभागितामा हुने तिज महोत्सबले सस्कृति हस्तान्तरणमा सहयोग गर्ने छ ।” पौडेलले भने “प्रत्येक वर्ष काभ्रोको रुख मुनि तिज कार्यक्रम हुन्थो । सयौंको संख्यामा महिला दिदिबहिनीहरुको सहभागी हुन्थे। अहिलेको जस्तो प्राविधिको विकास भएको थिएन एउटा मादलको साथमा मौलिकता झल्काउने तिज गीत प्रस्तुत गरिन्थ्यो । उक्त समयमा कार्यक्रमको आयोजक पनि हुन्थेनन् । स्वतस्फूर्त उपस्थिति जनसमुदायको त्यो समयको कार्यक्रम काभ्रेको रुख मात्रनभै समग्र गीतानगरको पहिचान थियो । ”

३९ औ रास्ट्रीय सिक्षा दिवस एबम ५२ औ अन्तरास्ट्रिय साक्षरता दिवसलाइ लक्षित गरि आज कार्यक्रम गरिएको हो । स्थानीय सरकार आए पछि झन्डै ३ दशक पुरानो मौलिकतालाई झलकने गरी यस वर्ष पश्चिम चितवनको गीतानगरमा तिज गीत महोत्सव भएको हो । तिज महोत्सबमा वडा न ६ भित्रका संघ सस्था बीच तिज गित प्रतियोगिता समेत भएको छ । प्रतियोगितामा कुल ३२ टिम सहभागी थिए । प्रतियोगीको प्रस्तुतिलाई ग्रेडिङ्ग प्रणालीमा मुल्यांकन गरिएको थियो ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here