रेडियो सम्पदा र नेपाल भारत मैत्री संघको संयुक्त आयोजनामा तिज बिशेष कार्यक्रम सम्पन्न

15

शिव शर्मा भरतपुर भाद्र २२ । नेपाल भारत मैत्री संघले नेपाल र भारत बीचको सम्बन्ध अझ प्रगाढ भएको नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष राजकुमार सिन्धेले बताएका छन् । नेपाल पर्यटकीय स्थलको रुपमा बिकास हुदै जाने क्रममा धार्मिक पर्यटन मुख्य रहेको भन्दै नेपालमा भारत बाट थुप्रै पर्यटक आउने गरेका छन् ।

भारत बाट आउने तीर्थयात्री पर्यटकको सहजताको लागि नेपाल भारत मैत्री संघले बिशेष भूमिका खेलेको उनले बताए । रेडियो सम्पदा र नेपाल भारत मैत्री संघ केन्द्रले संयुक्त रुपमा आयोजना गरेको तिज बिशेष कार्यक्रममा सिन्धेले तिजले सस्कृति जोगाउन मद्दत गरेको बताए । कार्यक्रमका बिशिस्ट अतिथि नेपाल भारत मैत्री संघ केन्द्रिय बरिस्ट उपाध्यक्ष तुल बहादुर साउथले तिज माइती र चेली बीचको दुख सुख साटासाट गर्ने पर्व भएको बताए । यसलाई बिकृतिको रुपमा मनाउन नहुने उनको तर्क छ । भरतपुर महानगरपालिका वडा न ६ का वडा अध्यक्ष हरि विलास कोइरालाले सार्बजनिक स्थानमा महंगा गरगहना पर्दशन नगर्न आग्रह गरे । सार्बजनिक स्थानमा गरगहना पर्दशनले धनि गरिब बीच खाडल उत्पन्न हुने उनको तर्क छ । 

मंजु श्री असाहय केन्द्रकि प्रमुख मंजु खाडले बर्ष दिनमा आउने हरितालिका तिजलाइ तडक भडकको नाममा प्रसासनले चेतावनी दिए पनि यो नारि अधिकार भएकाले यस्तो हुन नहुने बताइन । उनले तिज पर्ब लैंगिक हिँसा बिरुद्दको हुनुपर्ने धारणा राखिन ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापति रुद्र अधिकारीले तिज महिलाको मात्र नभई नेपालीहरुको महान पर्व भएको बताए ।
रेडियो सम्पदाका प्रबन्धक निर्देशक खेम बहादुर गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रममा रेडियो कि अध्यक्ष मुना गुरुङले सबैको साथले रेडियोले हरेक बर्ष तिज कार्यक्रम गर्दै आएको बताइन । उनले तिज बिशेष कार्यक्रम गर्दा रेडियो माइती घर जस्तो बन्ने गरेको बताइन ।

कार्यक्रममा लायन्स क्लब अफ दियालोका अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठ , मिलिजुली आमा समूहकि अध्यक्ष रेखा पोख्रेल , चोक बजार बजार ब्यबस्थापन समिति अध्यक्ष बिष्णु तिवारी लगाएतले बोल्नु भएको थियो ।

लोकदोहोरी कलाकारले नचाए दर्शक
कार्यक्रममा लोक दोहोरि कलाकारले नया पुराना तिज गित गाएर दर्शकलाइ उफारेका थिए । लोक गाएक जीबी सुनार , सुनिता सुनार , टिकाराम ढकाल , कृष्ण तामाङ्ग लगाएतले प्रस्तुति दिएका थिए ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here