अत्याधुनिक सुबिधा सहितको ‘सुमधुर डिजिटल रेकर्डिङ स्टुडियो’को उद्घाटन

107

एनपिएल न्युज, महेश नेपाल, काठ्माण्डौ । पछिल्लो समयका चर्चित संगित संयोजक/ एरेन्जर गौरब गिरिले आफ्नै रेकर्डीङ स्टुडियो खोलेका छन । ‘सुमधुर डिजिटल रेकर्डीङ्ग स्टुडियो’ नाम राखिएको उनको नयाँ रेकर्डीङ्ग स्टुडियोको बिहिबार समुद्घाटन गरिएको छ।

मित्र नगर-१६, काठ्माण्डौमा उनले स्टुडियो खोलेका हुन । गौरब गिरिका गुरु राम कार्की लगायत अन्य थुप्रै कलाकार, सञ्चारकर्मी र साथै सहकर्मीको विशेष उपस्थितिमा स्टुडियो उद्घाटन गरिएको थियो । स्टुडीयो ओपनिङ संगै गित एकपछी अर्को गर्दै प्याक भैरहेको खुसी उनले एनपिएल न्युज संग साटे । अर्का सर्जक रमेश श्रेष्ठ समेत आफुले सङ्गीत गरेको एक दर्जन गीत रेकर्डिङ्गको लागि स्टुडियोमा लाइनमा रहेको कुरा बताउँछन । स्टुडियोको क्वालिटीमा कुनै सम्झौता नगरेको कुरा स्टुडियोका प्रोप्राईटर समेत रहेका गिरिले बताए ।

सबै कलाकार, सर्जक तथा लगानीकर्ताहरुलाई एक पटक सेवा गर्ने मौका दिनुहुन समेत उनले बिशेष आग्रह गरेका छन । उनको स्टुडियोले सोचे जतिकै सफलता प्राप्त गर्न सकोस, गुणस्तरिय सेवा सुबिधा उपलब्ध गराउन सकोस हाम्रो तर्फबाट पनि उनलाई हार्दीक मंगलमय शुभकामना ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...