गर्लम्म त्यो अंगालोमा बान्यौ क्या मजाले ।।

                          गजल…

झम्के सांझ एकान्तमा तान्यौ क्या मजाले ।।
गर्लम्म त्यो अंगालोमा बान्यौ क्या मजाले ।।

तिमी पनि प्यासि म पनि त प्यासि मायाको ।।
मुटु छेड्ने बाण नजरको हान्यौ क्या मजाले ।।

सांझ पख भट्टिनै घर अनि डेरा हुन्छ अचेल ।।
यौवन र नशा एकसाथ धन्दा ठान्यौ क्या मजाले ।।

झ्यालबाट ऊ पारि बार्दलीमा तिमी थियौ ।।
दिलमै डेरा बसाउन मै छान्यौ क्या मजाले ।।

छिमेकमा मेरो कुरा चल्दै गर्दा हिजो आज ।।
बचाउ गर्दै मेरो इज्जत धान्यौ क्या मजाले ।।

 

 

 तीर्थ प्रसाद तिमिल्सिना
             बलेफि गापा, सिन्धुपाल्चोक
              हाल काठमाण्डौ