अफगानिस्तानमा आत्मघाती विस्फोट, १५ सैनिकको मृत्यु

106

एनपिएल न्युज काबुल, कात्तिक ५ : अफगानिस्तानको काबुलस्थित सैनिक क्याम्पमा आत्मघाती बम विस्फोटमा १५ जना सैनिक अधिकृत मारिएका छन् । काबुलमा रहेको फहीम सैनिक क्याम्पबाट गस्तीका लागि मिनीबस चढ्ने क्रममा रहेका सैनिकलाई लक्षित गरी क्याम्पको ढोकामा आत्मघाती बम बिस्फोट हुँदा उनीहरु मारिएका हुन् । घटनामा चारजना घाइते भएका छन् ।क्याम्प अगाडी हिंडेर आएका ब्यक्तिले आत्मघाती बिस्फोट गराएको अफगान अधिकारीले जनाएका छन् । 

घटनाको जिम्मेवारी तालिवानले लिएको छ । पछिल्लो समय तालिवान विद्रोहीले सेना र प्रहरीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् । २४ घण्टाको बीचमा भएको यो दोस्रो विस्फोट हो । यसअघि अफगानिस्तानको शिया मुश्लिम समुदायको मस्जिदमा गराईएको आत्मघाती बिस्फोटमा ६० जना मारिएका थिए । (एजेन्सी)

Loading...